default_image

2 years ago

March 20, 2022

शीर्ष होडको मिलान र नेपोलीको जित, इन्टर रोकियो

122 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष दौडमा रहेका एसी मिलान र नेपोलीले सफलता हात पार्दा इन्टर मिलान भने बराबरीमा रोकिएको छ ।

मिलानले घरेलु टोली क्याग्लिएरीमाथि १–० को झिनो जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । मिलानको जितमा दोस्रो हाफमा इस्माइल बेनासेरले गरेको गोल नै निर्णायक बन्यो । ृनले ५८औं मिनेटमा ओलिभर जिरुउडको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै मिलानले उपाधि होडलाई थप मजवुत बनाउँदा दोस्रो स्थानको नेपोलीलाई ३ अंकले पछि पारेको छ । मिलानको ३० खेलबाट ६६ अंक पुगेको छ । समान खेलबाटै नेपोलीको ६३ तथा एक खेल कम खेलेको इन्टरको ६० अंक छ । पराजित क्याग्लिएरी २५ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

अर्काे खेलमा भिक्टर ओसिमहेनको दुई गोल मद्दतमा नेपोलीले उडिनेसमाथि २–१ को पूनरागमन जित निकाल्दै शीर्षस्थानको मिलानमाथि दवाव बढाएको छ ।

उडिनेसले २२औं मिनेटमा जेरार्ड डेउलोफेउको गोलबाट अग्रता लिदा नेपोलीले ५२औं मिनेटमा भिक्टर ओसिमहेनको गोलबाट बराबरी तथा ६३औं मिनेटमा उनकै गोलबाट पूनरागमन जित निकाल्न सफल भयो ।

यो जितसँगै नेपोलीले शीर्षस्थानको एसी मिलानसँगको अंक दुरी ३ मै कायम राखेको छ । मिलानको ६६ तथा नेपोलीको ६३ अंक छ । पराजित उडिनेस २८ खेलबाट ३० अंक जोडेर १४औं स्थानमा रहेको छ ।

अर्काे खेलमै शीर्ष दौडमा रहेको इन्टर मिलान घरेलु मैदानमा फियोरेन्टिनासँग १–१ गोलको बराबरीमा रोकिएको छ । लुकास टोरेइराको गोलबाट फियोरेन्टिनाले ५०औं मिनेटमा अग्रता लिएपनि ५५औं मिनेटमा डेन्जेल डमफ्रेजे गोल गर्दै इन्टरलाई हारबाट जोगाए ।

यो बराबरीपछि इन्टर २९ खेलबाट ६० अंक जोड्दै तेस्रो स्थानमा यथावत रहेको छ । फियोरेन्टिना ४७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.