3 years ago
March 20, 2022
एजेन्सी – च्याम्पियनसिप क्लब मिडल्सब्रगमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
चेल्सीले मिडल्सब्रगलाई उसकै मैदानमा २–० ले हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।शनिबार राति भएको खेलमा चेल्सीको जितमा रोमेलु लुकाकु र हाकिम जियाचले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
रिभरसाइड स्टेडियममा शनिबार राति भएको खेलको १५औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो । उनले मासन माउन्टको पासमा गोल गर्न सफल भएका थिए ।
३१औं मिनेटमा हाकिम जियाचले मासन माउन्टकै पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो ।
अर्काे क्वाटरफाइनलमा क्रिस्टल प्यालेस र एभर्टन, साउथह्याम्टन र म्यानचेस्टर सिटी तथा नथम फरेस्ट र लिभरपुलबीच आज राति नै प्रतिस्पर्धा हुदैछ ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]