3 years ago
March 19, 2022
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले बार्सिलोनाविरुद्ध आइतबार हुने एल क्लासिको टोलीका लागि महत्वपूर्ण हुने बताएका छन् । यद्दपी त्यो खेलको नतिजाले रियलको उपाधि दौडलाई खासै प्रभाव पार्ने देखिन्न ।
तर, प्रशिक्षक एन्सेलोटी बार्सिलोनालाई हराउँदै उपाधि दौडलाई थप सहज बनाउन चाहन्छन् । त्यसअर्थ उनले बार्सिलोनाविरुद्ध खेललाई अन्य क्लबको दाजोमा फाइनल सरह हुने बताएका छन् । ला लिगाको शीर्ष स्थानमा रहेको रियलको तेस्रो स्थानको बार्सिलोनाको भन्दा १५ अंक बढी छ ।
लिओनल मेस्सी पेरिस सेन्ट जर्मेन (पिएसजी) गएयता बार्सिलोना एकरुपताको प्रदर्शनका लागि संघर्ष गरिरहेको छ । इटालियन प्रशिक्षक लिगकै सर्वाधिक ठूलो प्रतिद्वन्द्विका रुपमा रहेको बार्सिलोनालाई हराउन सके उपाधि लगभग निश्चित हुने विश्वासमा छन् ।
त्यसले अन्य टोलीलाई पनि रियल सबैभन्दा बलियो टोली हो सन्देश दिन मद्दत गर्नेछ । जसले उनीहरुलाई च्याम्पियन्स लिगको खेलका लागि उर्जा दिने विश्वास गरिएको छ । दुई टोलीबीच अहिले लिगका अंकमा ठूलो अन्तर भएपनि रियलले आउने खेलहरुलाई मध्यनजर गर्दै सावधानीपूर्णक बार्सिलोनाविरुद्ध टोली उतार्नुपर्ने हुन्छ ।
चेल्सीविरुद्धको च्याम्पियन्स लिग क्वार्टरफाइनल खेल्नुअघि रियल ला लिगामा बलियो अवस्थामा रहने प्रयासमा हुनेछ । चेल्सी अघि लिगमा रियलले सेभिल्लाको सामना गर्नुपर्नेछ । फरलान्ड मेन्डीको बार्सिलोनाविरुद्ध खेल्ने छैनन् भने मुख्य खेलाडी करिम बेन्जेमामा पनि फिटनेसका लागि संघर्ष गरिरहेका छन् । त्यसका बावजुद पनि टोली बलियो अवस्थामा रहेको विश्वास गरिन्छन् । फेब्रुअरीमा पनि खेलाडकिो चोटका कारण टोलीमा केहि समस्या परेको थियो । त्यसमा अहिले उच्च प्रदर्शन गरिरहेका भिनिसियस जुनियर पनि थिए ।
‘युवा स्टाहरुले निकै ठूलो मद्दत गरिरहेका छन्, त्यसमा पनि मुख्य गरि मिडफिल्डमा,’ एन्सेलोटीले भने का छन् ।
लामो समयपछि अहिले रियलको ड्रेसिङ रुम पनि उत्साहजनक रहेको विश्वास गरिन्छ । टोलीमा कुनै अहंकार छैन, एकले अर्कालाई सहयोग गरिरहेका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराएपछि टोलीहरुसँग रात्रीभोजका लागि गएका थिए ।
मैदान बाहिर पनि टोलीलाई एकजुट राख्न एन्सेलोटी सफल भएका छन् । जसले टोलीको नजितामा पनि सकारात्मक प्रभाव पारेको विश्वास गरिन्छ । अब उनी जति सक्दो छिटो टोलीका लागि ला लिगा उपाधि पक्का गर्न चाहन्छन् ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]