default_image

3 years ago

March 19, 2022

एनएसएलको टाइसिट ‘ड्र’ स्थगित

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले आइतबारका लागि तय गरिएको एनएसएलको खेल तालिका सार्वजनिक गर्ने तयारीलाई स्थगित गरेको छ ।

सहिद स्मारक ए डिभिजन लिगका ४ क्लबसँगको बैठकपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार आइतबारको टाइसिट ड्र (खेल तालिका) रद्द गर्न एनएसइएमलाई पत्र लेखेको थियो । देशको फुटबलको सर्वोच्च निकाय एन्फाको निर्देशनलाई पालना गर्दै टाइसिट ड्र तत्कालका लागि स्थगित गरिएको एनएसइएमका निर्देशक श्रेयांश कार्कीले बताएका छन् ।

‘हामीले एन्फाको निर्देशन अनुसार आइतबारका लागि तय गरिएको टाइसिट ड्र स्थगित गरेका छौं,’ उनले भने,‘ त्योसँगै हामीले एन्फा र अहिले गठन भएको कार्यदललाई छिट्टै टाइसिट ड्र गर्नेदेखि अन्य सबै तयारीका लागि स्वीकृति दिन आग्रह गरेका छौं । एनएसएल सञ्चालनका लागि अब धेरै समय बाँकी नरहेकोले छिटो भन्दा छिटो स्वीकृति आओस् भन्ने हामीले चाहेका छौं ।’

निर्देशक कार्कीले अहिले देखिएको विवाद समाधानका लागि छलफल गर्न आफूहरु सधै तयार रहेको पनि प्रष्ट पारेका छन् । ‘हामी सबै विषयमा खुलेर छलफल गर्न तयार छौं , उनले भने,‘ हामी फुटबल विकासमा केहि राम्रो गर्न सकिन्छ कि भनेर आएका हौं । सबैसँग सहकार्य गरेर नै अघि बढ्ने हो । विवादले कसैलाई राम्रो गर्दैन ।’

यसअघि एन्फाले अक्सन रोक्न पत्र पठाएपछि फागुन २० गते अक्सन भएको थियो । ‘कार्यदलको बैठकको निर्णय अनुसार एनएसएल प्रतियोगिताको बारेमा सहिद स्कारक ए डिभिजन क्लब र एनएसएल आयोजकसँग अझ बढी छलफल गर्न आवश्यक भएकाले आइतबारका लागि गर्ने भनिएको टाइसिट ड्र कार्यक्रम रद्द गर्न हुन जानकारी गराइन्छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले एनएसइएमका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मालाई शुक्रबार लेखिएको पत्रमा भनिएको थियो ।

एनएसएलका कारण उत्पन्न अन्यौलताका विषयमा ए डिभिजन क्लबहरुले उठाएको माग सम्बोधन गर्ने क्रममा कार्यसमितिको बैठकले बिहीबार अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ, उपाध्यक्षत्रय कृष्ण थापा, उपेन्द्रमान सिंह, वीरबहादुर खड्का, सह महासचिव अरुणमान जोशी र सदस्य विजय घले रहेका छन् ।


फुटबलमा अहिले देखिएको विवाद समाधान गरेर अघि बढ्न एन्फालाई आग्रह गर्ने ४ क्लब न्यूरोड टिम (एनआरटी), मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबका प्रतिनिधिसँग कार्यदलले शुक्रबार छलफल गरेको थियो । क्लबसँगको छलफलमा कार्यदलमा रहेकाहरुबीच नै एकमत नदेखिएपछि क्लब प्रतिनिधि अलमलमा परेका थिए । कार्यदलले क्लबका प्रतिनिधिसँग समस्या समाधानका लागि सुझाव मागेको थियो । प्रतिनिधिहरुले उल्टो कार्यदलको आधिकारिक धारणा माग गरेका थिए । बिहीबार मात्र गठन गरेको कार्यदल आन्तरिक छलफलमा नबसी क्लब प्रतिनिधिहरुसँग बसेको थियो ।

यसअघि एन्फाको पत्रलाई एनएसएल आयोजकले वेवास्ता गरेको चर्चा चलेको र विवाद समाधान गर्नका लागि टाइसिट ‘ड्र’ रोकेर छलफल चलाउने पर्ने सुझाव प्रतिनिधिहरुले दिएका थिए । कार्यदलकै सदस्यमध्येका एकले भने एनएसएल खारेज गर्नुपर्ने मत राखेका क्लबका एक प्रतिनिधिले जानकारी दिए । कार्यदलको धारणापछि पुनः बैठक बस्ने गरि क्लबका प्रतिनिधि छलफलबाट बाहिरिएका थिए । त्यसपछि एन्फा महासचिवले एनएसइएमलाई टाइसिट ‘ड्र’ रोक्नका लागि पत्र लेखेका थिए । एनएसएल आयोजकले एन्फालाई आइतबार टाइसिट ड्र गर्ने जानकारीको पत्र दर्ता गराएको बताइएको छ ।

सुरुमा ८ र पछि ४ क्लबले लगातार रुपमा एन्फाले अहिले देखिएको विवाद समाधानका लागि पहल लिन आग्रह गर्दै आएको थियो । ४ क्लबका पदाधिकारीले गत साता संयुक्त पत्रकार सम्मेलनमार्फत आफ्ना खेलाडीहरु रिलिज नगरी एनएसएल अक्सनमा राख्नु जायज नभएको भन्दै त्यसको समाधान निकाल्न छलफलका लागि एन्फालाई आग्रह गरेको थियो ।

त्यसअघि फागुन १५ गते यी चारसहित लिग विजेता मछिन्द्र फुटबल क्लब, सातोदाबोटो युथ क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब गरि ८ क्लबका पदाधिकारीले संयुक्त विज्ञप्ती जारी गरि एनएसएलका कारण खेलाडीको दोहोरो सम्झौता हुने सम्भावना रहेकोले त्यसलाई आवश्यक समन्वय गर्न विज्ञप्तीमार्फत अनुरोध गरेका थिए ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.