default_image

3 years ago

March 19, 2022

बार्सिलोनालाई फ्रान्कफुर्ट प्रतिद्धन्द्धी

85 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युरोपा लिगको क्वाटरफाइनलमा जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्ट प्रतिद्धन्द्धी पाएको छ ।युइएफएको मुख्यालय न्योनमा शुक्रबार निकालेको ड्र अनुसार बार्सिलोनाले क्वाटरफाइनलमा तुलनात्मक रुपमा सहज प्रतिद्धन्द्धी पाएको हो ।

बार्सिलोना आफ्नो इतिहासमा पहिलोपटक युरोपा लिगको उपाधि जित्ने लक्ष्यमा रहेको छ । फ्रान्कफुर्ट १९७९–८० को सिजनमा युरोपा लिगा (त्यतिबेलाको युइएफए कप) को च्याम्पियन टोली हो ।

यस्तै जर्मनीको अर्काे टोली आरबी लाइप्जिगले इटालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ । इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले फ्रान्सेली क्लब लियोनको तथा पोर्चुगिज क्लब ब्रागाले स्कटिस क्लब रेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलको पहिलो लेग ७ अप्रिलमा तथा दोस्रो लेग १४ अप्रिलमा हुनेछ ।

सेमिफाइनलमा आरबी लाइप्जिग र एटलान्टाबीचको विजेता तथा ब्रागा रेन्जर्सबीचको विजेताले खेल्नेछ । अर्काे सेमिफाइनमा वेस्ट ह्याम र लियोन तथा फ्रान्कफुर्ट र बार्सिलोनाबीचको विजेताबीच हुनेछ ।

सेमिफाइनलको पहिलो लेग २९ अप्रिलमा तथा दोस्रो लेग ५ मेमा हुनेछ । फाइनल स्पेनको सेभिलमा स्टेडियो रामोन सान्चेज पिज्जुआनमा १८ मेमा हुनेछ ।

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.