default_image

3 years ago

March 19, 2022

लिड्सको रोमाञ्चक पूनरागमन जित

193 views

0 Bookmark

एजेन्सी – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक पूनरागमन जित निकालेको छ । लिड्सले १० खेलाडीमा समेटिएको घरेलु टोली वल्भ्सलाई ३–२ ले पराजित गरेको हो ।

मेलिनेक्स स्टेडियममा शुक्रबार राति भएको खेलमा लिड्सको जितमा ज्याक ह्यारिसन, रोड्रिगो र लुके एलिङले गोल गरे । घरेलु टोलीका जोनी र ट्रिन्काओले गोल गरे ।

खेलको २६औं मिनेटमा ट्रिन्काओको पासमा जोनीले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ट्रिन्काओले गोल गर्दै वल्भ्सलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले ड्यानियल पोडेन्सको पासमा गोल गर्न सफलल भएका थिए ।

तर, दोस्रो हाफमा घरेलु टोली १० खेलाडीमा समेटिन पुगेपछि खेल पनि गुमाउन पुग्यो । ५३औं मिनेटमा राहुल जिमिनेज दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिड्सको त्यसको फाइदा उठाउन सफल भयो ।

६३औं मिनेटमा ज्याक ह्यारीसनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ६६औं मिनेटमा रोड्रिगोले साम ग्रीनवुडको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुके एलिङले गोल गर्दै लिड्सलाई रोमाञ्चक पूनरागमन जित दिलाए ।

यो जितसँगै लिड्स ३० खेलबाट २९ अंक जोडेर १६औं स्थानमा यथावत रहेको छ । पराजित वल्भ्सले छ्रैटौ स्थानमा उक्लने मौका गुमाउँदा आठौं स्थानमा रहेको छ । वल्भ्सको ३० खेलबाट ४६ अंक छ ।

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.