default_image

3 years ago

March 19, 2022

एल क्लासिकोमा रियलले कालो जर्सी प्रयोग गर्ने

253 views

0 Bookmark

एजेन्सी– रियल म्याड्रिडले बार्सिलोनाविरुद्ध आइतबार हुने एल क्लासिकोको लागि कालो जर्सी प्रयोग गर्ने घोषणा गरेको छ । खेल रियलको मैदानमा इस्टाडियो सान्टियागो बर्नाबेउमा हुनेछ ।

रियलको नयाँ किट्स रियलको १ सय २० औं वार्षिकोत्सवका अवसरमा यसै सिजन सार्वजनिक गर्न लागेको हो । जर्सीको डिजाइन योजी यामामोटोले गरेका हुन् । यामामोटो पछिल्लो दुई दशकदेखि एडिडाससँग सहकार्य गर्दै आएका छन् ।

रियलसँगको सहकार्यमा तेस्रो किट्स सन् २०१४-१५ को सिजनमा तयार पारिएको थियो । खेलाडीहरुको जर्सी कालो र गोलकिपरको किट्सको रंग भने गुलावी रहेको छ ।

बार्सिलोनाको पहेंलो

बार्सिलोनाले एल क्लासिकोमा आफ्नो तेस्रो जर्सी पहेलो प्रयोग गर्ने भएको छ । सेनेराकाका रुपमा परिचित त्यो रंग क्याटालोनियाको झण्डाको रंग हो । यो दुवै टोलीका लागि विशेष हुनेछ । यसअघि क्याम्प नोउ वा बर्नाबेउमा दुवै टोलीले आफ्नो पहिलो जर्सी प्रयोग गर्थे ।

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.