default_image

3 years ago

March 18, 2022

गोलरक्षक अन्जिलाको कथामा फिल्म बन्ने

348 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अन्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने भएको छ । उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ रहेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैले निर्वाह गर्ने भएकी छन् ।

केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा रहने फिल्म निर्माणको सहकार्य मुन लभ इन्टरटेमेन्टले गर्नेछन । अन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहने बताइएको छ ।

फिल्मको निर्मातामा प्रेमकुमार श्रेष्ठ, केन्द्र लिम्बु सह निर्मातामा विनोद अग्रवाल र राजेश अग्रवाल रहेका छन् । फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन् । निर्माता श्रेष्ठका अनुसार फिल्मको छायाङ्कन जेठ दोस्रो साताबाट सुरु हुनेछ । इलामको फिक्कल र काठमाडौंमा छयाङ्कन हुने फिल्म आगामी दशै आसपासमा प्रदर्शन गर्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए ।

‘उनले आफ्नो इच्छाले खेलेकी हुन् । कसैको दबाब र प्रभावमा परेकी छैनन्,’ उनले भने, ‘अन्जिलाको संघर्ष अन्यको भन्दा फरक छ । उनको यस यात्रालाई प्राथमिकतामा राखेर सिनेमा निर्माण हुनेछ ।’

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा अर्को साता हुने पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयमा समेत रहेकी अञ्जिला राष्ट्रिय टोली र एपिएफकी पहिलो रोजाईकी गोलकिपर हुन् । गत वर्ष सम्पन्न राष्ट्रिय महिला लिगमा एपिएफ च्याम्पियन बन्दा टोलीको गोलपोष्ट उनले नै सम्हालेकी थिइन् । लिगका १२ खेलमा उनले मात्र एक गोलको सामना गर्नुपरेको थियो ।

उनले पाकिस्तानको राष्ट्रिय लिगमा मासा युनाइटेडबाट व्यवसायिक फुटबल खेलेकी थिइन् । गत वर्षको लिगमा उनले उक्त टोलीको कप्तानी समेत गरेकी थिइन् ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.