3 years ago
March 18, 2022
एजेन्सी – फ्रान्सेली क्लब लियोन, इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडसँगै जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्ट युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पोर्चुगिज प्रतिद्धन्द्धी एफसी पोर्टाेसँग दोस्रो लेगमा १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा २–१ को जित निकाल्दै लियोनले अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा लियोनले १–० को जित निकालेको थियो ।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा लियोनका मोउसा डेम्वेलेले गोल गर्दा पोर्टाेका पेपेले बराबरी गोल फर्काएपनि पहिलो लेगमा भोगेको हारका कारण अघिल्लो चरण पुग्न पर्याप्त बनेन । डेम्वेलेले १३औं मिनेटमा लियो डुवोइसको पासमा गोल गरेका थिए । पेपेले २७औं मिनेटमा फावियोको पासमा गोल गर्न सफल भएका थिए ।
अर्काे खेलमा वेस्ट ह्याम युनाइटेडले स्पेनिस क्लब सेभियालाई अतिरिक्त समयमा २–० को तथा समग्रमा २–१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा निर्धारित समयमा वेस्ट ह्याम १–० ले अघि रहेपनि समग्रमा १–१ गोलको बराबरीपछि खेल अतिरिक्त समयमा लम्विदा वेस्ट ह्यामले बाजी मार्न सफल भयो ।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा घरेलु टोली वेस्ट ह्यामले खेलको ३९औं मिनेटमा थोमस सौसेकको गोलबाट अग्रता लिएको थियो । उजले मिचेल एन्टेनियोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि अतिरिक्त समयको ११२औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले फाब्लो फोर्नाल्सको पासमा गोल गर्दै टोलीलाई जित दिलाए ।
अर्काे खेलमा जर्मन क्लब फ्रान्कफुर्टले दोस्रो लेगमा रियल बेटिसलाई १–१ गोलको बराबरीमा रोक्दै समग्रमा ३–२ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । फ्रान्कफुर्टको मैदानमा रियल बेटिसका बोर्जाले गोल गर्दा अतिरिक्त समयमा गुइडो रोड्रिग्वेजले आत्मघाती गोल गरेपछि रियल बेटिस पछि पर्दै बाहिरियो ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]