default_image

3 years ago

March 17, 2022

एनएसएलका कारण उत्पन्न विवादका विषय छलफल गर्न एन्फा तयार

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) का कारण उत्पन्न अन्यौलताका विषयमा ए डिभिजन क्लबरुले उठाएको माग सम्बोधनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) तयार देखिएको छ ।

फाइल तस्बिर

एनएसएलका लागि फागुन २० गतेको अक्सन रोक्न पत्र काटेको एन्फाले त्यसबाहेक औपचारिक कुनै निर्णय गरेको थिएन । सुरुमा ८ र पछि ४ क्लबले लगातार रुपमा एन्फाले अहिले देखिएको विवाद समाधानका लागि पहल लिन आग्रह गर्दै आएको थियो । जसलाई सम्बोधन गर्ने क्रममा एन्फाको १८ औं केन्द्रिय कार्यसमितिको बिहीबार सम्पन्न बैठकले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

एनएसएलका कारण उत्पन्न विवादका विषयमा छलफल गर्न एन्फाले ए डिभिजन क्लबका ४ क्लबका प्रतिनिधिसँग छलफल गर्ने भएको छ । गत साता न्यूरोड टिम एनआरटी, मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबका पदाधिकारीले संयुक्त पत्रकार सम्मेलनमार्फत आफ्ना खेलाडीहरु रिलिज नगरी एनएसएल अक्सनमा राख्नु जायज नभएको भन्दै त्यसको समाधान निकाल्न छलफलका लागि एन्फालाई आग्रह गरेको थियो ।

त्यसअघि फागुन १५ गते यी चारसहित लिग विजेता मछिन्द्र फुटबल क्लब, सातोदाबोटो युथ क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब गरि ८ क्लबका पदाधिकारीले संयुक्त विज्ञप्ती जारी गरि एनएसएलका कारण खेलाडीको दोहोरो सम्झौता हुने सम्भावना रहेकोले त्यसलाई आवश्यक समन्वय गर्न विज्ञप्तीमार्फत अनुरोध गरेका थिए ।

यस्तै दुई सम्म चलेको एन्फा बैठकले केन्द्रिय कार्यसमितिको निर्वाचन २०७९ जेठ १५ गते नै गर्ने पुनः निर्णय गरको छ । एन्फाले यसअघि केन्द्र, जिल्ला र प्रदेशको निर्वाचनको मिति तय गरेको थियो । तर, फिफा र एएफसीबाट निर्वाचन कार्यविधिमा केहि फेरबदल गर्न सुझाव दिएपछि पूर्व निर्धारित जिल्ला संघको निर्वाचित एन्फाले स्थगित गरेको जनाएको थियो ।

त्यस्तै एन्फाले ४८ जिल्ला सदस्यको निर्वाचिन २०७९ वैशाख १ देखि १० गते सम्मका लागि तय गरेको छ । त्यसअघि निर्वाचन कार्यविधि अनुमोदनका लागि एन्फाले चैत १५ गतेका लागि विशेष साधारण सभा गर्ने तय गरेको छ । विशेष साधारण सभा यसअघि दुई पटक स्थगित भइसकेको थियो ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.