default_image

3 years ago

March 17, 2022

लिललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

82 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली प्रतिद्धन्द्धी लिललाई दुवै लेगमा पराजित गर्दै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा चेल्सीले २–० को तथा समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । बुधबार राति प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोली लिलसँग एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो ।

फ्रान्समा बुधबार राति भएको खेलमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिस र सेसर एज्पिलिक्वेटाले गोल गरे । लिलका बुराक यिल्माजले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ३८औं मिनेटमा बुराक यिल्माजको पेनाल्टी गोलबाट घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाउँदै खेलमा फर्काउने संकेत दिएको थियो । तर, त्यसपछि थप गोल गर्न नसक्दा लिल बाहिरिन पुग्यो । छेकाको प्रहार जर्गिन्होलाई ह्यान्ड भएको भन्दै रेफ्रीले भिएआरको सहायतामा लिललाई पेनाल्टी प्रदान गर्दा बुराक चुकेनन् ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जर्गिन्होको पासमा बराबरी गोल फर्काउन सफल भएको हो ।

७१औं मिनेटमा कप्तान सिसर एज्पिलिक्वेटाले गोल गर्दै चेल्सीको जित पक्का गरे । उनले मासन माउन्टको क्रसलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.