3 years ago
March 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) आयोजनाबारे चौतर्फी प्रश्न उठिरहँदा नवप्रवेशी फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डे मेचीले तीन विदेशी खेलाडी अनुबन्धन सार्वजनिक गरेको छ ।
नेपालमै ए डिभिजन लिग खेलेका डिफेन्डर पिटर सेगुन, मिडफिल्डर नाथानिएल गार्सिया र फरवार्ड अजायी मार्टिन्स इलाममा अनुबन्धित भएका हुन् । पिटर र मार्टिन्स लामो समयदेखि घरेलु फुटबलमा एकसाथ खेल्दै आएका छन् । दुवै खेलाडी सातदोबाटो युवा क्लबबाट ए डिभिज खेलेका थिए । सातदोबाटोकै प्रशिक्षक मेघराज केसीले इलामको प्रशिक्षण जिम्मेवारी सम्हाल्नेछन् ।
इलामले फ्रेन्ड्सलाई रेलिगेसनबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मिडफिल्डर गार्सियालाई पनि अनुबन्ध गरेको छ । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने मध्यका गार्सिया ट्रीनिडाड एन्ड टोबेगोका खेलाडी हुन् । आइलिगमा गोकुलम केरला र नेरोकाबाट खेलेका उनले लिगमा प्रभाव जमाएका थिए । उनले १२ खेलमा ४ गोल र १ असिस्ट दिएका थिए ।
यता फरवार्ड मार्टिन्सले लिगमा एक ह्याट्रिकसहित ६ गोल गरेका थिए । उनले लिगको १२ खेल खेल्दै २ असिस्ट पनि प्रदान गरेका थिए । डिफेन्डर पिटरले १२ खेल खेल्ने क्रममा ४ खेलमा क्लिन सिट राखेका थिए ।
इलामले मार्की खेलाडीका रुपमा मिडफिल्डर तेज तामाङलाई अनुबन्ध गरेको थियो । बक्स टु बक्स मिडफिल्डर तेज र गार्सियाको जोडी लिगमा निकै बलियो हुने अपेक्षा रहेको छ ।
इलामेली स्टार बिनाको इलाम
अक्सनअघि नै नवयुग श्रेष्ठ खेल्ने नखेल्ने चर्चा सबैमाझ थियो । पहिलो चरणमा नवयुग अनसोल्ड गएपछि इलामले यसपटक स्थानीय भन्दा खेलाडीको योजना सहित आएको आँकलन गर्न सकिन्थ्यो । छिरिङ गुरुङ र दर्शन गुरुङ भित्र्याउने प्रयास असफल रहेपछि विवेक बस्नेत अब इलामको प्रतिनिधि रहनेछन् । टोलीले गौतम श्रेष्ठमा बजर प्रयोग गरेर उक्त पोजिसनमा भने बलियो पकड बनाएको छ ।
लयमा रहेका गोलरक्षक अभिषेक बराललाई न्युनतम रकममा पाउनु सुखद रहयो । विसलिस्टमा प्रशिक्षक मेघराज केसीसँग खेलेका निरज चौधरी छान्नुले पनि टोलीको रणनीतिमा प्रशिक्षक केसीकै बढी प्रभाव परेको प्रष्ट हुन्छ । ए डिभिजनको नवप्रवेशी सातदोबाटो युवा क्लबलाई लिगमा उत्कृष्ट सुरुवात दिलाएका मेघराज केसी यसपटक एनएसएलमा पनि सोही प्रयास दोहोर्याउन चाहन्छन् । अक्सनमा आफ्नो क्लबका मुख्य खेलाडी साथ लगेका उनले विदेशी खेलाडीमा कस्तो रणनीति चाल्छन, त्यो हेर्न बाँकी नै छ ।
टिम : दिवाकर चौधरी, विवेक बस्नेत, अशोक थापा, करण रावत, युवराज खड्का, दीपेश आले मगर, दीपेश घले, आशिष राई, निशान्त थापा, जीवन गुरुङ, गौतम श्रेष्ठ (गोल्डेन बजर), अभिषेक बराल, साजन राई, निरज चौधरी, हेमन्त श्रेष्ठ
एनएसएल अक्सनबारे टिप्पणी : अक्सनमा पोखरा बलियो, अधिकांश विदेशीकै भरमा
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]