default_image

3 years ago

March 16, 2022

रोनाल्डो १२ वर्षपछि उपाधिविहिन

104 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो व्यावसायिक फुटबल करिअरमा १२ वर्षपछि उपाधिविहिन बन्ने भएका छन् । सन् २००९/१० यता रोनाल्डोले सिजनभर पहिलो पटक कुनै उपाधि जित्न नसकेका हुन् ।

मंगलबार भएको यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगमा एटलेटिको म्याड्रिडसँग १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेग १-१ को बराबरीमा सकिएको खेल एटलेटिकोले समग्रमा २-१ ले जित्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । यससँगै युनाइटेडले यस सिजन कुनै उपाधि नजित्ने पक्का भएको हो ।

यसअघि युनाइटेड एफए कपको चौथो चरणमा दोस्रो श्रेणीको मिडल्सब्रोसँग पराजित भएको थियो । त्यस्तै लिग कपको तेस्रो चरणमा वेस्ट ह्याम युनाइटेडले युनाइटेडमाथि १-० को जित दर्ता गरेको थियो । प्रिमियर लिगमा शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा युनाइटेड २० अंकले पछि छ । गणितीय रुपमा युनाइटेडको सम्भावना कायम रहेपनि टोलीको च्याम्पियन्स लिगमा छनोट हुने मुख्य लक्ष्य हुनेछ ।

रोनाल्डोले पछिल्लो पटक सन् २००९/१० सिजनमा कुनै उपाधि जितेका थिएनन् । त्यसबेला म्यानचेस्टर युनाइटेड छाडेर रियल म्याड्रिड पुगेका रोनाल्डोको व्यक्तिगत प्रदर्शन राम्रो रहेपनि टोलीले उपाधि जितेको थिएन । यस सिजन पनि रोनाल्डोले सबै प्रतियोगितामा १८ गोल गरेका छन् । तर युनाइटेड भने पुन: अर्को सिजन उपाधिविहिन नै बन्यो ।

युनाइटेडले सन् २०१७ मा युरोपा लिगको जितेयता कुनै उपाधि जित्न सकेको छैन । त्यसयता रोनाल्डोले व्यक्तिगत रुपमा भने दुई पटक च्याम्पियन्स लिग, २ पटक इटालियन सिरी ए र क्लब विश्वकपसँगै रियल र युभेन्टसका लागि घरेलु उपाधि जितेका थिए । युनाइटेडमा फर्केको पहिलो सिजन भने उनले उपाधिको सिलसिलालाई निरन्तरता दिन सकेनन् ।

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.