3 years ago
March 16, 2022
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब एटलेटिको म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा १-० को जितका साथ एटलेटिको अघि बढेको हो । पहिलो लेग १-१ को बराबरीमा सकिएको हुनाले एटलेटिको समग्रमा २-१ को जितसँगै युनाइटेडलाई हराउन सफल रहयो । एटलेटिकोको जितमा रेनान लोडीले खेलको एकमात्र गोल गरेका थिए ।
पहिलो हाफको ४१ औं मिनेटमा ब्राजिलियन डिफेन्डरले हेडरमार्फत गोल गरेका थिए । जोआओ फेलिक्सले दिएको चलाखीपूर्ण पासमा एन्टोइन ग्रिजमनले क्रस दिएपछि फार पोस्टमा रहेका लोडीले गोल गरेका थिए । युनाइटेडले बल पोसेसनमा अधिकांश समय पकड जमाएपनि गोल गर्न भने सकेन ।
यस हारसँगै युनाइटेड च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]