default_image

3 years ago

March 15, 2022

दमक गोल्ड कपमा १० टोली

131 views

0 Bookmark

दमक (हाम्रो खेलकुद) – झापाको दमकमा चैत्र ९ गते देखि १८ गतेसम्म दोस्रो दमक गोल्डकप हुने भएको छ । आयोजक दमक नगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दैको गोल्डकपमा भारत र अफ्रिकासहित नेपालका राष्ट्रिय स्तरका क्लवहरुसहित १० टोलीको सहभागिता रहने जनाएको छ ।

प्रतियोगीतामा मछिन्द्र, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लव, मनाङ मस्र्याङदी क्लव, फ्रेण्ड्स, एमिमियर फुटबल क्लव क्यामरुन, मानेभञ्ज्याङ फूटबल क्वल दार्जिलिङ, दुर्गापुर स्टिल क्लब, बागमती यूवा फूटबल क्लव र आयोजक दमक ११ प्रतियोगीतामा सहभागी हुने छन् ।

दमक गोल्डकपको विजेताले १३ लाख ११ हजार र उपबिजेताले ६ लाख ११ हजार, प्राप्त गर्ने छन् । विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई पनि २१ हजार माथीको पुरस्कारको व्यवस्था गरिएको छ । दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने प्रतियोगीतामा आयोजक दमक ११ सहित १० टिम सहभागी हुनेछन् ।

प्रतियोगीता सम्पन्न गर्नका लागि १ करोड २३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको दमक नगर खेलकुद विकास समितीका अध्यक्ष भीम चम्लागाईले जानकारी दिए । यस मध्ये २५ लाख रुपैँया दमक नगरपालिकाले बेहोर्ने र बाँकी रकम प्रयोजक, सह– प्रायोजक र गेट टिकट बिक्रिबाट संकलन गर्ने लक्ष्य राखिएको छ ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.