default_image

8 years ago

December 2, 2016

विमान दुर्घटनामा मृत्यु हुनेको सम्झानामा दशरथ रंगशालामा दीप प्रज्वलन

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोलम्बियामा सोमबार भएको विमान दुर्घटनामा मृत्यु भएका ७१ जनाको शोकमा राजधानीमा शुक्रबार दिप प्रज्वलन गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भित्र शुक्रबार साँझ मृतक आत्माको चिर शान्तीको कामना गर्दै दीप प्रज्वलन र शोकसभा गरेको छ ।

12

कोलम्बियामा बुधबारका लागि तय कोपा सुदामेरिका कपको फाइनलको पहिलो लेग खेल्न कोलम्बिया जाने क्रममा ब्राजिली फुटबल क्लब चापाकोऐन्सीको खेलाडी चढेको विमान दुर्घटना भएको थियो । विमानमा रहेका खेलाडी, पत्रकारसँगै विमानमा सवार ७१ जनाको मृत्यु भएको थियो । ७१ वटा मैनबत्ती बालेर मृतकहरुको सम्झाना गर्नुअघि शोकसभामा सहभागीले मृतकको सम्झनामा १ मिनेट मौनधारण गरेका थिए ।

शोक सभामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्ष अनीता विन्दु, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवंन् ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाको उपस्थिति थियो । त्यस्तै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट, महासचिव दीपक श्रेष्ठ, राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजु शाक्य, पूर्व कप्तान हरि खड्का, राष्ट्रिय टोलीका खेलाडी विक्रम लामा, विशाल श्रेष्ठ, रविन श्रेष्ठ, रोहित चन्द, मञ्चका सदस्य खेल पत्रकार, फोटो पत्रकार र अन्य खेलाडीको उपस्थित थियो ।

16
15

13

14

11

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.