default_image

3 years ago

March 15, 2022

भारतसँग नेपालको फराकिलो हार

269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । नेपालले घरेलु टोली भारतसँग ७–० को फराकिलो हार बेहोरेको हो ।

भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा मंगलबार भएको खेलमा भारतको फराकिलो जितमा लेन्डा कोम सेर्टाेले दुई तथा सुजिस पोट्टेकाट, अपुर्णा नार्जरी, पुर्णिमा कुमारी, सुनिता मुन्डा र नितु लिन्डाले गोल गरिन् । भारतले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल थपेको थियो ।

खेलको सुरुवातदेखि नै वर्चस्व कायम राखेको घरेलु टोली भारतले खेलको १५औं मिनेटमा सुजिसको गोलबाट भारतले सुरुवाती अग्रता लिएको थियो । नेपाली गोलरक्षक सावित्री किसानले पञ्च गरेको बललाई सुजिसले जाली चुमाएकी थिइन् ।

१७औं मिनेटमा लेन्डा कोम सेर्टाेले अनिता कुमारीको पासमा गोल गर्दै भारतलाई २–० ले अघि बढाइन् । ३४औं मिनेटमा लेन्डा कोम सेर्टाेले रितु देवीको क्रसमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भारतलाई पहिलो हाफमा ३–० ले अघि बढाइन् ।

६९औं मिनेटमा अपुर्णा नार्जरी गोलले गोल गरेपछि भारत खेलमा ४–० ले अघि बढ्यो । ७६औं मिनेटमा पुर्णिमा कुमारीले गोल गर्दै भारतलाई फराकिलो जिततर्फ अग्रसर गराइन् । ८७औं सुनिता मुन्डाले गोल गरेपछि भारत खेलमा ६–० ले अघि बढाइन् ।

भारत यतिमै रोकिएन । इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा लिन्डाले गोल गर्दै भारतलाई फराकिलो जित दिलाइन् । नेपालले कुनै पनि समय बलियो भारतको पोस्टमा आक्रमण बुन्न फराकिलो हार बेहोर्न पुग्यो ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.