default_image

3 years ago

March 15, 2022

एटलेटिको र म्यानचेस्टर युनाइटेड भिड्दै

81 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा मंगलबार एटलेटिको म्याड्रिड र म्यानचेस्टर युनाइटेड भिड्दैछन् । खेल नेपाली समयानुसार मध्यरात १:४५ बजे सुरु हुनेछ ।

दुवै टोलीको रक्षात्मक क्षेत्रमा खराब प्रदर्शन भइरहेका कारण आजको खेलमा निकै गोल हुने आँकलन गरिएको छ । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । एन्थोनी एलांगाले युनाइटेडका लागि गोल गरेका थिए । युनाइटेडले शनिबार भएको लिग खेलमा टोटेनहम हट्सपरलाई ३-२ ले पराजित गर्दा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यसैले पनि टोली उच्च मनोबलमा हुनेछ ।

युनाइटेडले यस सिजन च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा हार बेहोरेको छैन । समूह चरणमा टोलीले २ जित र १ बराबरीको नतिजा निकालेको थियो । एटलेटिकोले भने समूह चरणको खेलमा मिलान र पोर्टोमा जित हासिल गरेको थियो । अवे गोलको नियम हटेकाले पनि खेल अतिरिक्त समयमा लम्बिने सम्भावना छ ।

पहिलो लेगमा एटलेटिकोले अधिकांश समय दबाब कायम गरेपनि दोस्रो गोल थप्न सकेको थिएन । त्यसको फाइदा उठाउँदै युनाइटेड खेल बराबरी गर्न सफल रहेको थियो । घरेलु लिगमा दुवै टोलीको प्रदर्शन उतारचढावले भरिपूर्ण रहेकाले च्याम्पियन्स लिगमा अघि बढ्न चाहन्छन् ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.