3 years ago
March 15, 2022
एजेन्सी– इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।
क्रिस्टल प्यालेसको मैदानमा म्यानचेस्टर सिटीले बल पोसेसन राख्दै घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि फिनिसिङमा चुक्दा सिटी बराबरीमा रोकिन बाध्य बन्यो ।
सेलह्रस्ट पार्कमा सोमबार राति भएको खेलको नवौं मिनेटमा रियाद महारेजको प्रयास बाहिरियो । २६औं मिनेटमा केभिन डि ब्रुएनको चलाखीपुर्ण फ्लिक पासमा क्यान्सेलोको प्रयासलाई क्रिस्टल प्यालेसका गोलरक्षक गुआइटाले विफल पारे ।
लगत्तै २७औं मिनेटमा जोओ क्यान्सेलोको झन्डै ३० यार्ड टाढाको प्रहार रिवाउन्ड हुँदा एमेरिक लोपोर्टाले प्रयास गरेपनि सफल हुन सकेन । ७०औं मिनेटमा ज्याक ग्रेलिस चुके । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी बराबरीमा रोकिन बाध्य बन्यो ।
यो बराबरीसँगै सिटीले शीर्षस्थानमा थप अग्रता बढाउने अवसर गुमाएको छ । सिटीको २९ खेलबाट ७० अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । अब लिभरपुलले आफ्नो खेलमा सफलता हात पारे अंक दुरी १ मा छोट्याउनेछ । क्रिस्टल प्यालेस ३४ अंक जोडेर ११औ) स्थानमा रहेको छ ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]