default_image

3 years ago

March 14, 2022

झापा गोल्ड कप फाइनल – घरेलु टोलीविरुद्ध आर्मीको अग्रता

133 views

0 Bookmark

हिमाल खरेल, झापा

त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं झापा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा अग्रता लिएको छ । झापा ११ फुटबल क्लबविरुद्ध सोमबार जारी फाइनलको पहिलो हाफको समाप्तीमा आर्मीले २–१ को अग्रता बनाएको हो ।

आर्मीका लागि टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले गोल गरेका थिए । झापा ११ का विमल घर्तीमगरले गोल फर्काएका थिए । तीन मिनेटको फरकमा आर्मीले २ गोल गरेको थियो । १८ औं मिनेटमा टेकबहादुरको गोलबाट आर्मीले अग्रता लिएको थियो । २१ औं मिनेटमा विपक्षी गोलकिपर विट भइसकेपछि जर्ज प्रिन्सले खाली पोष्टमा गोल गरे ।

२४ औं मिनेटमा विमल घर्तीमगरले झापाका लागि गोल फर्काएका थिए । उर्लिचको क्रसमा विमल हेड गोल गरेका हुन् । प्रतिायेगितामा विमलको यो पाँचौं गोल हो । यसअघि क्वार्टरफाइनल र सेमिफाइनलमा विमलले समान २ गोल गरेका थिए । साविक विजेता समेत रहेको आर्मीले तीन पटक उपाधि जितिसकेको छ । यसअघिका सबै फाइनल खेलेपनि झापाले उपाधि जित्न सकेको छैन ।

पाँचौं संस्करणको झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।

December 17, 2024

फाल्गुनन्द गोल्डकप- उद्घाटन खेल आयोजक‌ र करसाङबीच हुने

दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

Success

Thank you for your time.