default_image

3 years ago

March 14, 2022

एमबाप्पे र नेयमारको गोलमा पिएसजीको सहज जित

173 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्डद्धय केलियन एमबाप्पे र नेयमारसँगै लियान्द्रो ड्यानियल पारेडेसले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकाल्दै शीर्षस्थानमा स्पष्ट १५ अंकको अग्रता लिन सफल भएको छ ।

पिएसजीले बोर्डेअक्समाथि ३–० को सहज जित निकालेको हो । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा पिएसजीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थप्दै जित पक्का गरेको थियो ।

खेलको २४औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । उनले डिफेन्डर जर्जिन्हो वाइनाल्डमको पासमा गोल गर्न सफल भएका थिए । ५२औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले अर्काे डिफेन्डर अचरफ हाकिमीको पासमा गोल गर्न सफल भएका थिए । ६१औं मिनेटमा पारेडेसले गोल गर्दै पिएसजीको जित पक्का गरे ।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले दोस्रो र तेस्रो स्थानमा रहेको मार्से र निसलाई स्पष्ट १५ अंकले पछि पारेको छ । पिएसजीको २८ खेलबाट ६५ अंक पुगेको छ । समान खेलबाटै मार्से र निसको ५० अंक छ । पराजित बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ ।

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.