default_image

3 years ago

March 14, 2022

बेन्जेमाबिना रोनाल्डोको खस्कँदो प्रदर्शन

113 views

0 Bookmark

एजेन्सी – करिम बेन्जेमाको ह्याट्रिकको मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई समग्रमा ३–२ ले हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगिसकेको छ ।

क्रिस्टियानो रानाल्डो विना पनि रियलले उच्च प्रदर्शन गरिरहेको छ । बेन्जेमाले रोनाल्डोको प्रस्थानपछि गरेको प्रदर्शन हेर्ने हो भने दुई खेलाडीबीचमा ठूलो भिन्नता देखिन थालेको छ । रियलका लागि सर्वाधिक गोलकर्ताको सुचीमा अल्फ्रेडो डि स्टेफानो र राउललाई सोही ह्याट्रिक पछि बेन्जेमाले पछि पारेका छन् । रोनाल्डोले रियल छाडेयता टोलीको त्यो २ सयौं खेल थियो ।

रोनाल्डोसँगै रियलबाट खेल्दा बेन्जमाले ३ सय ५५ खेलमा १ सय ५५ गोल गरेका थिए । त्यति ३ सय ५५ खेलमा भने रोनाल्डोले ३ सय ७१ गोल गरेका थिए । बिबिसीको नामले प्रख्यात बेल, बेन्जेमा र क्रिस्टियानोको आक्रमण जोडीले तहल्क नै मच्चाएको थियो । विशेषगरी दुई जनाबीचको आक्रमण जमेपनि त्यसको जस बेन्जमालाई कमै मात्र जाने गर्थ्यो ।

जब उनीहरुको साझेदारी टुट्यो, बेन्जेमा झन बढी लयमा र प्रभावकारी देखिएका छन् । पछिल्लो १ सय ८० खेलमा बेन्जेमाले १ सय १७ गोल गरेका छन् । जबकी रोनाल्डोले युभेन्ट्स र म्यानचेष्टर युनाइटेडका लागि १ सय ६५ खेलमा १ सय १९ गोल गरेका छन् ।

बेन्जमा र रोनाल्डो सँगै खेल्दा ९० मिनेटमा ०.६४ को औसतमा गोल गरेका बेन्जमाको पछिल्लो ९० मिनेटको औसत भने ०.७१ रहेको छ । अर्को तर्फ रोनाल्डोको गोल औसत भने कम भएको छ । बेन्जेमासँग खेल्दा रोनाल्डोको प्रति ९० मिनेटमा गोल १.०९ को औसतमा थियो । अहिले भने उनको गोल ९० मिनेटमा औसत ०.७५ गोल रहेको छ ।

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.