3 years ago
March 13, 2022
एजेन्सी – स्पेनिस फरवार्ड अल्भारो मोराटाको दुई गोल सहयोगमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज जित निकालेको छ । युभेन्ट्सले साम्पडोरियालाई उसकै मैदानमा ३–१ को सहज जित निकालेको हो ।
जेनोभामा शनिबार राति भएको खेलको २३औं मिनेटमा माया योसिदाको आत्मघाती गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । ३४औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।
७४औं मिनेटमा एन्टोनियो क्यानड्रेभा पेनाल्टीमा चुक्दा साम्पडोरियाले गोल अन्तर कम गर्ने मौका चुकायो । ८४औं मिनेटमा एबदेख हामिद साविरीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ८८औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युभेन्ट्सको सहज जित पक्का गरे ।
यो जितसँगै युभेन्ट्सले शीर्ष चारमा बलियो पकड बनाउँदा तेस्रो स्थानको नेपोलीसँगको अंक दुरी १ मा छोट्याएको छ । युभेन्ट्सको २९ खेलबाट ५६ अंक पुगेको छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]