3 years ago
March 13, 2022
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा टोटेनहम हट्सपरलाई पराजित गरेको छ ।
युनाइटेडको घरेलु मैदानमा टोटेनहमले दुई पटक बराबरी गोल फर्काएपनि रोनाल्डोले ह्याट्रिक पूरा गर्दै ३-२ को जित सुनिश्चित गरे । टोटेनहमका लागि ह्यारी केनले पेनाल्टीमा गोल गर्दा अर्को गोल ह्यारी मगाएरको आत्मघाती गोल रहेको थियो ।
खेलको १२ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । फ्रेडले दिएको फ्लिक पासलाई रोनाल्डोले नियन्त्रणमा लिँदै २५ यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । ३५ औं मिनेटमा युनाइटेडका एलेक्स टेलेस पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि टोटेनहमले पेनाल्टी पाएको थियो । केनले उक्त पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
तर युनाइटेडले ३ मिनेटपछि नै खेलमा अग्रता बनायो । जेडन सान्चोको लो क्रसलाई रोनाल्डोले ६ यार्ड बक्सबाट गोलमा परिणत गरे । आक्रमणका क्रममा सर्जियो रेगुइलोनले अफसाइड ट्रयाप बिगारेपछि सान्चो क्रस गर्ने पोजिसनमा पुगेका थिए । यस गोलसँगै रोनाल्डो आधिकारिक फुटबल तथ्यांकअनुसार सर्वाधिक गोल गर्ने खेलाडी समेत बने ।
दोस्रो हाफको ७२ औं मिनेटमा पाहुना टोली पुन: बराबरीमा आयो । रेगुइलोनको क्रसमा मगाएरको क्लिअर गर्ने प्रयास सिधै गोल भएको थियो । ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई तेस्रो पटक अग्रता दिलाए । टेलेसको कर्नरमा रोनाल्डोले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए ।
यस जितसँगै युनाइटेड २९ खेलमा ५० अंकसहित चौथो स्थानमा उक्लिएको छ । टोटेनहम भने २७ खेलमा ४५ अन्क्कसाथ सातौं स्थानमा रोकियो । शीर्ष ४ को दौडमा आर्सनल २५ खेलमा ४८ तथा वेस्ट ह्याम २८ खेलमा ४५ अंकसहित प्रतिस्पर्धामा छन् ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]