3 years ago
March 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब ए डिभिजन लिगबाट रेलिगेसनमा परेसँगै मनाङ मर्स्याङ्दी क्लबबाट खप्तड गोल्डकप खेल्न पुगेका विंगर शिशिर लेखि पाँचौ सुदूरपश्चिम खप्तड गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
मनाङलाई उपाधि दिलाउने क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शिशिरले एक लाख रुपैयाँ प्राप्त गरे । च्याम्पियन मनाङकै विशाल सुनार उत्कृष्ट गोलरक्षक तथा राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक घोषित भए । रेलिगेसनमा परेको अर्को क्लब च्यासल युवा क्लबबाट मनाङ पुगेका मौसा अवगाना उत्कृष्ट मिडफिल्डर भए ।
फ्रेन्ड्सका सुरज विश्वकर्मा उत्कृष्ट डिफेन्डर घोषित हुँदा फ्रेन्ड्सकै जमोल एन्थोनी फ्रान्चोआ सर्वाधिक गोलकर्ता भए । सुदुरपश्चिम ११ का फागुराम चौधरी उदयमान खेलाडी भए । व्यक्तिगत विधातर्फ सबै विजेताले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।
धनगढी रंगशालामा शनिबार मनाङले फ्रेन्ड्सलाई ३–१ ले हराउँदै खप्तड गोल्डकपको पाँचौं संस्करणको उपाधि जितेको हो । यसअघि पहिलो संस्करण पनि मनाङले जितेको थियो । मनाङको जितमा दीनेश राजवंशी, ओलावाले अफिज र मौस अबगनाले गोल गरेका थिए । फ्रेन्ड्सका लागि जमोल एन्थोनीले गोल गरेका थिए ।
सुदूरपश्चिम ११ फुटबल क्लबले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेता मनाङले उपाधिसहित २१ लाख र दोस्रो भएको फ्रेन्ड्सले १० लाख रुपैयाँ प्राप्त गर्यो ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]