3 years ago
March 12, 2022
धनगढी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले दोस्रो पटक मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार मनाङले अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै खप्तड गोल्डकपको पाँचौं संस्करणको उपाधि जितेको हो । यसअघि पहिलो संस्करण पनि मनाङले जितेको थियो ।
मनाङको जितमा दीनेश राजवंशी, ओलावाले अफिज र मौस अबगनाले गोल गरेका थिए । दुई महिना अघि दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिगमा पनि मनाङले २–० को जित निकाल्दा अफिज र दीनेशले गोल गरेका थिए । शनिबार फाइनलमा फ्रेन्ड्सका लागि जमोल एन्थोनीले गोल गरेका थिए ।
पहिलो हाफमा दीनेश राजवंशीको गोलबाट मनाङले १–० को अग्रता लिएको थियो । खेलको २२ औं मिनेटमा झण्डै ३० यार्ड टाढा प्राप्त फ्रिकिकमा दीनेशले गोल गरेका हुन् । उनको फ्रिकिकलाई रोक्न फ्रेन्ड्सका गोलकिपर राहुल यादव असफल भएका थिए ।
फ्रेन्ड्सले ५१ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका फ्रान्स्वाले विपक्षी खेलाडीको गल्तीको फाइदा उठाउँदै खेललाई बराबरी गरेका थिए । मनाङका फ्राक्लिङले गोलकिपर विशाल सुनारलाई ब्याक पासमा दिएको बललाई नियन्त्रणमा लिदै जमोलले गोल गरेका थिए ।
अफिजले ७१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा फ्रेन्ड्सका खेलाडीको आपसी तालमेल नमिल्दा अफिजले गोल गरेका थिए । काउन्टर अक्याकमा मौसाले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै मनाङको जित पक्का गरेका थिए ।
त्यसअघि फ्रेन्ड्सले खेलमा अग्रता लिने मौका गुमाएको थियो । १७ औं मिनेटमा जमोलको पेनाल्टीलाई मनाङका गोलकिपर विशालले रोकेका थिए । बल नियन्त्रणको प्रयास गरिरहेका श्याम क्यापछाकीलाई विपक्षी खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो । सहिद स्मारक ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता रहेका फ्रान्स्वाले फाइनलमा समेत गरिे खप्तड गोल्डकपमा ४ गोल गरे ।
दुवै टोलीले १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेका थिए । ८६ औं मिनेटमा विवादका कारण मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्याम क्यापछाकीले रातो कार्डको सामना गर्दै मैदान छाडेका थिए । श्यामले भने दोस्रो पहेलो कार्डपछि रातो कार्ड पाएका थिए । सुदूरपश्चिम ११ फुटबल क्लबले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेता मनाङले उपाधिसहित २१ लाख र दोस्रो भएको फ्रेन्ड्सले १० लाख रुपैयाँ प्राप्त गर्यो ।
March 11, 2025
एजेन्सी – झोन दुरानको २ गोल र क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि सोमबार साउदी प्रो लिग टोली अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा पुगेको छ। अल-नासरले इरानी क्लब एस्तेग्लाललाई ३-० ले पराजित गर्यो। अर्को खेलमा कतारी क्लब अल-सद्दले अल-वसललाई पराजित गर्यो। अल-सद्दको दोहामा भएको ३-१ को जितमा अक्राम अफिफले महत्वपूर्ण भूमिका खेले, जसले फेलिक्स सान्चेजको […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् । युएएफएका प्रो– लाइसेन्स प्राप्त प्रशिक्षक ग्रेसनलाई ललितपुरले यो सिजनका लागि अनुबन्ध गरेको हो। उनले खेल जीवनमा लामो समय लेस्टर सिटी,ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उनले सन् १९९६ को इङ्लिस लिग कप जितेका […]
March 11, 2025
एजेन्सी – ब्रुनो गुइमाराएस नायक बनेपछि न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि १-० को जित निकाल्दै युइएफए च्याम्पियन्स लिग छनोट सम्भावनालाई कायम राखेको छ । वेस्ट ह्यामको लन्डन स्टेडियममा भएको कडा प्रतिस्पर्धात्मक खेलमा कप्तान गुइमाराएसले एक मात्र गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका हुन्। यो जितले आइतबार लिभरपुल विरुद्धको इएफएल कप फाइनल अघि […]