3 years ago
March 12, 2022
धनगढी (हाम्रो खेलकुद)– ओलावाले अफिजको गोलमा मनाङ मस्र्याङ्दी क्लबले मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा पुनः अग्रता लिएको छ ।
अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबविरुद्ध अफिजले ७१ औं मिनेटमा गोल गर्दै मनाङलाई २–१ ले अगाडि बढाए । विपक्षी खेलाडीको आपसी तालमेल नमिल्दा अफिजले गोल गरेका थिए । फ्रेन्ड्सले ५१ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका जमुअल फ्रान्स्वाले विपक्षी खेलाडीको गल्तीको फाइदा उठाउँदै खेललाई बराबरी गरेका थिए । मनाङका फ्राक्लिङले गोलकिपर विशाल सुनारलाई ब्याक पासमा दिएको बललाई नियन्त्रणमा लिदै फ्रान्स्वाले गोल गरेका थिए ।
पहिलो हाफमा दीनेश राजवंशीको गोलबाट मनाङले १–० को अग्रता लिएको थियो । खेलको २२ औं मिनेटमा झण्डै ३० यार्ड टाढा प्राप्त फ्रिकिकमा दीनेशले गोल गरेका हुन् । उनको फ्रिकिकलाई रोक्न फ्रेन्ड्सका गोलकिपर राहुल यादव असफल भएका थिए । त्यसअघि फ्रेन्ड्सले खेलमा अग्रता लिने मौका गुमाएको थियो । १७ औं मिनेटमा फ्रान्स्वाको पेनाल्टीलाई मनाङका गोलकिपर विशालले रोकेका थिए । बल नियन्त्रणको प्रयास गरिरहेका श्याम क्यापछाकीलाई विपक्षी खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो ।
सहिद स्मारक ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता रहेका फ्रान्स्वाको खप्तड गोल्डकपमा गोल संख्या ४ पुगेको छ । दुई महिना अघि दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिगमा मनाङले फ्रेन्ड्सलाई २–० ले हराएको थियो । त्यो खेलमा पनि आफिज र दीनेशले नै मनाङका लागि गोल गरेका थिए । घरेलु फुटबलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेताले २१ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]