default_image

3 years ago

March 12, 2022

खप्तड गोल्डकपको फाइनलमा मनाङको अग्रता

77 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा अग्रता लिएको छ । अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबविरुद्धको शनिबार जारी फाइनलको पहिलो हाफमा मनाङले १–० को अग्रता लिएको छ ।

टोलीका दीनेश राजवंशीले गोल गरेका थिए । खेलको २२ औं मिनेटमा झण्डै ३० यार्ड टाढा प्राप्त फ्रिकिकमा दीनेशले गोल गरेका हुन् । उनको फ्रिकिकलाई रोक्न फ्रेन्ड्सका गोलकिपर राहुल यादव असफल भएका थिए । त्यसअघि फ्रेन्ड्सले खेलमा अग्रता लिने मौका गुमाएको थियो ।

१७ औं मिनेटमा जामुएल एन्टोनी फ्रान्स्वाको पेनाल्टीलाई मनाङका गोलकिपर विशाल सुनारले रोकेका थिए । बल नियन्त्रणको प्रयास गरिरहेका श्याम क्यापछाकीलाई विपक्षी खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो । तर, सहिद स्मारक ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता र खप्तडमा ३ गोल गरेका फ्रान्स्वा पेनाल्टीमा गोल गर्न असफल भएका छन् ।

September 21, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । चौथो खेलमा दोस्रो जित निकाल्नेक्रममा नासरले शुक्रवार अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गर्यो । नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, एन्डसन टलिस्का र सलिम अलनाज्दिले समान १ गोल गरे । नासरका लागि रोनाल्डोले ३३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । […]

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

Success

Thank you for your time.