3 years ago
March 12, 2022
हिमाल खरेल, झापा
घरेलु टोली झापा ११ ले झापा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा २–० को अग्रता लिएको छ । दुवै गोल विमल घर्तीमगरले गरेका हुन् ।
बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा संकटा क्लबविरुद्ध दोस्रो हाफको १२ औं मिनेटमा विमलले विकास मेराग्लियाको पासमा दोस्रो गोल गरेका हुन् । मैदानको दायाँबाट विकासले दिएको पासलाई पेनाल्टी बक्स भित्रबाट विमलले गोल गरेका हुन् । विमलकै गोलबाट १६ औं मिनेटमा झापा ११ ले अग्रता लिएको थियो । एन्द्रियस नियाको पासमा विमलले विपक्षी गोलकिपरलाई छलाउँँदै नजिकबाट गोल गरेका थिए ।
संकटाले पनि पटक पटक गोल फर्काउने मौका पाए पनि सफल भने हुन सकेन । यानिकले नजिकबाट गरेको प्रहारलाई झापाका गोलकिपर दीप कार्कीले जोगाएका थिए । ३० औं मिनेटमा यानिककै प्रहारलाई विश्वास श्रेष्ठले गोललाइनबाट क्लियर गरेका थिए । ३३ औं मिनेटमा फोडे फोफेनाको क्रसमा यानिकको हेड प्रहार दीपले सहजै रोकेका थिए ।
मछिन्द्र फुटबल क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलकपबाट बाहिरिएपछि विमललगायत विशाल राई, देवेन्द्र तामाङ झापा ११ बाट खेलिरहेका छन् । आजको खेलको विजेताले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । सातदोबाटो युथ क्लबलाई ४–१ ले हराउँदै आर्मी फाइनल पुगेको थियो । फाइनल सोमबार हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 17, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]