default_image

3 years ago

March 12, 2022

रोनाल्डो टोटेनहमविरुद्ध खेल्न तयार

174 views

0 Bookmark

एजेन्सी – चोटका कारण म्यानचेस्टर डर्बी गुमाएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो शनिबार टोटेनहम हट्सपरविरुद्ध खेल्न तयार भएका छन् ।

कार्यवाहक प्रशिक्षक राल्फ राग्निकले खेलको पूर्वसन्ध्यामा बोल्दै रोनाल्डो खेलका लागि उपलब्ध भएको जानकारी दिए । ‘रोनाल्डोले हिजोबाट प्रशिक्षण सुरु गरेका छन् । उनले पूर्ण सेसनमा सहभागिता जनाएका छन् । आज हुने प्रशिक्षणमा पनि सहभागी हुने अपेक्षा छ,’ शुक्रबार प्रशिक्षणअघि राग्निकले भने ।

गत साता भएको म्यानचेस्टर डर्बीमा रोनाल्डो अनुपस्थित रहेका थिए । युनाइटेडले ४-१ को फराकिलो हार बेहोरेको उक्त खेलमा रोनाल्डो घाइते भएका कारण खेल्न नसकेको राग्निकले बताएका थिए । तर बेलायती संचारमाध्यमले रोनाल्डो सुरुवाती ११ मा नपरेको कारण प्रशिक्षकसँग असन्तुष्ट रहेको जनाएका थिए । रोनाल्डोकी वहिनी काटिया अभेइरोले पनि रोनाल्डो घाइते नभएको भन्ने आशयको पोस्ट लाइक गरेकी थिइन् ।

त्यसो त रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि पछिल्लो १० खेलमा मात्र १ गोल गरेका छन् । रोनाल्डो हाल युनाइटेडमा खुसी नरहेको भन्ने प्रश्नमा राग्निकले आफूलाई थाहा नभएको बताए ।

‘मलाई थाहा छैन । मैले उनलाई यहाँ खुसी छौ भनेरो सोधेको पनि छैन । मलाई मात्र यो महत्त्वपूर्ण छ की उनी फिट छन् वा छैनन् । उनले प्रशिक्षण सुरु गरेका छन् । अब हामी भोलि कुन रणनीति र कसलाई खेलाउने भन्नेमा मात्र ध्यान दिनेछौं,’ राग्निकले भने ।

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.