default_image

2 years ago

March 12, 2022

आर्थिक संकटमा चेल्सी

71 views

0 Bookmark

एजेन्सी – मालिक रोमन अब्रामोभिचमाथि बेलायत सरकारले प्रतिबन्ध लगाएपछि बैंकले चेल्सीको क्रेडिट कार्ड र सम्पूर्ण बैंक खाता रोक्का गरेको छ ।

सरकारले अब्रामोभिचको नाममा रहेको सम्पूर्ण क्षेत्रमाथि प्रतिबन्ध लगाएको थियो । तर चेल्सी फुटबल क्लब अन्तर्राष्ट्रिय रुपमा पनि फुटबल संस्कृति विकासका लागि प्रख्यात रहेको भन्दै संचालनका लागि विशेष प्रावधान दिइएको छ । तर उक्त प्रावधान प्रष्ट नहुँदा बैंकहरुले क्लबको सम्पूर्ण खाता रोक्का गरेका हुन् ।

सरकारले क्लब संचलानका लागि तोकेको प्रावधानको अधिनमा रहेर वर्तमान अवस्थामा क्लब चल्न नसक्ने भएपछि सरकार र क्लबबीच वार्ता जारी छ । अहिलेको प्रावधान अनुसार क्लबले बेच्न बाँकी रहेको खेलको टिकट, क्लबले बुझ्न बाँकी पैसा र क्लबको पसलबाट कुनै सामग्री बेच्न नपाउने नियम छ ।

यसबाहेक क्लबले हरेक खेलका लागि ५ लाख पाउण्ड मात्र खर्च गर्न पाउनेछ । जुन अहिलेको सामान्य खर्चभन्दा आधा मात्र हो । त्यस्तै अवे खेलको लागि २० हजार पाउण्ड खर्चन पाउने प्रावधान पनि उपयुक्त नरहेको क्लबको बुझाइ छ । चेल्सीले मासिक २८ मिलियन पाउण्ड मात्र तलबमा वितरण गर्दै आएको छ । यसका लागि क्लबले शुक्रबार टिकट बेच्न र खर्च गर्ने सिमा बढाउन आवेदन दिएको छ ।

चेल्सीका मालिक प्रतिबन्धमा परेपछि क्लबको मुख्य प्रायोजक थ्री मोबाइलले पनि सम्झौता रद्द गरेको छ । अब क्लबले जर्सीमा प्रायोजकबिना नै खेल्नेछ । त्यस्तै अन्य क्षेत्रीय प्रायोजकले पनि क्लबसँग भविष्यबारे सोच्ने बताएका छन् ।

सरकारको प्रतिबन्धसँगै तत्काल क्लबको स्वामित्व बेच्ने प्रक्रिया पनि रोकिएको छ । तर सरकारले रुसी मालिक अब्रामोभिचलाई फाइदा नहुने प्रक्रियामा भने क्लब बेच्न दिने सम्भावना छ । सरकार पनि अब्रामोभिचबाट क्लब अन्य व्यक्तिले खरिद गरेको चाहन्छ ।

July 3, 2024

उर्जनलाई यू–२० पुरुष टोलीको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक उर्जन श्रेष्ठ यू–२० पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेष्ठलाई युथ टोलीको मुख्य प्रशिक्षककको जिम्मेवारी प्रदान गरेको हो । पुर्व खेलाडी समेत रहेका श्रेष्ठसँग ‘ए’ डिभिजन लिगमा प्रशिक्षण सम्हालेको अनुभव छ । उनले थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबको प्रशिक्षण सम्हालिसकेका […]

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

Success

Thank you for your time.