3 years ago
March 11, 2022
एजेन्सी – इंग्लिस क्लब लेस्टर सिटीले युरोपा कन्फ्रेन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा फ्रान्सेली क्लब रेनेसलाई पराजित गरेको छ । घरेलु मैदानमा लेस्टरले रेनेसलाई २–० ले हराएको हो ।
किङ पावर स्टेडियममा बिहीबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा मार्क अल्ब्राइटन र केलिची इहानाँचोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको थियो । खेलको ३०औं मिनेटमा मार्क अल्ब्राइटनको गोलबाट लेस्टरले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो ।
उनले हार्भे बार्नेसको पासमा गोल गर्न सफल भएका थिए ।इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा परिवर्तित केलिची इहानाचोले गोल गर्दै लेस्टरको जित पक्का गरे । ६२औं मिनेटमा पाटसन डाँकाको स्थानमा मैदान छिरेका केलिचीले मार्क अल्ब्राइटनको पासमा गोल गर्न सफल भएका थिए ।
यो जितसँगै लेस्टरले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके लेस्टर क्वाटरफाइनलमा प्रवेश गर्नेछ । रेनेसलाई भने नतिजा उल्ट्याउनुपर्नेछ । दोस्रो लेग रेनेसको मैदानमा १७ मार्चमा हुनेछ ।
अन्य नतिजा
पाओक थेसालोनिकी एफसीविरुद्ध जेन्ट (१–०), पार्टीजान वियोग्राडविरुद्ध फिएनुर्ड (२–५), स्लाभिया प्राहाविरुद्ध लास्क (४–१), भिटेसेविरुद्ध रोमा (०–१), बोडो/ग्लिम्टविरुद्ध एजेट अल्कामार (२–१), मार्सेविरुद्ध बसेल (२–१) र पिएसभी इन्डोभेनविरुद्ध कोपेनहेगन (४–४)
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]