3 years ago
March 10, 2022
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को खेलमा रियल म्याड्रिडले करीम बेन्जेमको ह्याट्रिकको मदतले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्यो । उक्त खेलपछि पिएसजीका अध्यक्ष नासेर अल खलिफीले रेफ्री कक्षभित्र पसेर रेफ्रीको उपकरण तोडफोड गरेका छन् ।
पिएसजी अध्यक्ष खलिफी खेलपछि रिसले मुर्मुरिंदै रेफ्रीको खोजीमा निस्केका थिए । पिएसजीका अध्यक्ष खलिफी र खेलकुद निर्देशक लिओनार्दोले रेफ्रीको निर्णयप्रति भीआइपी बक्सबाट नै असन्तुष्टि व्यक्त गरेका थिए । बेन्जेमाले बराबरी गोल गर्ने क्रममा गोलरक्षक डोनारुम्मामाथि फल गरेको उनीहरुको भनाइ थियो । सोही निर्णय आफ्नो पक्षमा नगएपछि पिएसजीका अध्यक्ष लगायत अधिकारी रुष्ट बनेका थिए ।
खेल सकिएलगत्तै दुवै खलिफी र लिओनार्दोले लज्जास्पद निर्णय भएको भन्दै बर्नाबाउको टनलतर्फ लागेका थिए । सुरुवातमा रेफ्रीको खोजीमा लागेका उनीहरु असफल भएपछि रेफ्रीको कक्षनिर पुगेका थिए । उनीहरुले रेफ्रीको ढोका हिर्काएका थिए । त्यसपछि सुरक्षा व्यवस्थामा खटिएका स्टाफले उनीहरुलाई रोक्नुपरेको थियो । अध्यक्ष खलिफीले रेफ्री कक्षभित्र रहेको उपकरण तोडेको आधिकारिक म्याच रिपोर्टमा उल्लेख गरिएको बताइएको छ ।
रियलका स्टाफहरुले आफूले कुनैपनि क्लबका अधिकारीहरुको यस्तो व्यवहार नदेखेको बताएका छन् । खेलपछि पोस्ट म्याच कन्फरेन्समा पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले पनि रेफ्रीको निर्णयप्रति असन्तुष्टि जाहेर गरेका थिए ।
रियल र पिएसजीबीच विगत केही समययता राम्रो सम्बन्ध रहेको छैन । रियलले पिएसजीका फरवार्ड किलीयन एमबाप्पे अनुबन्ध गर्न खोजेका कारण पनि पिएसजी रुष्ट बनेको थियो । यस नतिजाले क्लबबीच थप चिसोपना उत्पन्न भएको छ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]