3 years ago
March 10, 2022
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा ५–० को जित निकाल्दै सिटीले अन्तिम आठको यात्रा तय गरेको हो ।
सिटीले पहिलो लेगमा ५–० को अवे जित निकालेको थियो । इतिहाद स्टेडियममा सिटीले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि गोल भने गर्न सकेन । २४औं मिनेटमा फिल फोडेनको प्रयासलाई स्पोर्टिङका गोलरक्षक एडानले विफल पारे । ३९औं मिनेटमा रहिम स्टर्लिङको प्रयासमा गोलरक्षक एडान नै बाधक बने ।
४७औं मिनेटमा गाब्रियल जेससले गोल गरेपनि भिएआरले मान्यता नपाउँदा सिटी अग्रता लिनबाट चुक्यो । जिनचेन्कोको क्रसमा रियाद महारेजको प्रयास ब्लक हुँदा जेससले जाली चुमाएपनि उनी अफसाइड ठहरिए । त्यसपछि स्पोर्टिङले सिटीको तुलनामा केही आक्रमण बुनेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।
यस्तै प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले कप्तान करिम बेन्जेमाको ह्याट्रिक प्रेरित खेलमा पछि परेको स्थिति उल्ट्याउँदै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–१ को पूनरागमन जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । रियलले समग्रमा ३–२ को जित निकालेको हो । पहिलो लेगमा रियलले १–० को हार बेहोरेको थियो ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]