default_image

3 years ago

March 9, 2022

रियल म्याड्रिड र पिएसजी भिड्दै

134 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज (बुधबार) राति स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) को आतिथ्यता गर्दैछ ।

खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राती १ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगमा रहिरहन रियल म्याड्रिडलाई नतिजा उल्ट्याउनुपर्ने चुनौती रहेको छ । पहिलो लेगमा रियलले १–० को हार भोगेको थियो ।

सोही कारण रियल घरेलु मैदानमा समर्थकको साथमा पिएसजीलाई हराउँदै क्वाटरफाइनल पुग्ने दाउँमा हुनेछ । १–० को जितले अघिल्लो चरण पुग्ने सम्भावना रहँदा २–० को जितले रियल अघिल्लो चरणमा प्रवेश गर्नेछ । तर, स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध जित निकाल्न कठिन नै हुनेछ ।

टोलीसँग करिम बेन्जेमा, भिनिसियस जुनियर, लुका मोड्रिड, फेडे भाल्भेर्डे, डेभिड अलाबा, इडर मिलिसाओ, ड्यानी कार्भाजल, नाचो फर्नान्डेस, मार्काे एसेन्सियो र रोड्रिगोको साथ रहेको छ । चोटका कारण टोनी क्रुसले खेल्नेमा शंका रहँदा प्रतिबन्धका कारण क्यासमिरो र फर्लान्ड मेन्डी टोलीमा हुनेछैनन् ।

यता, पिएसजी पनि घरेलु टोली रियललाई स्तब्ध पार्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । पिएसजीलाई बराबरी नै अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ । पिएसजीले पहिलो लेगमा १–० को जित निकाल्न सफल भएको थियो । तर, पिएसजी जित निकाल्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा मैदानमा उत्रनेछ ।

चोटका कारण युवा स्टार तथा अघिल्लो खेलमा गोल गरेका केलियन एमबाप्पेले खेल्नेमा शंका रहेको छ । तर, टोलीसँग लियोनेल मेस्सी, नेयमार, एन्जल डि मारिया, मार्काे भेराट्टी, डानिलो पेरेइरा, इड्रिसा गाना गुआई, नुनो मेन्डेस, प्रेसनेल किमपेम्वे, मार्किन्हस, अचरफ हाकिमी र गोलरक्षक केलर नाभास रहेका छन् ।

चोटका कारण सर्जियो रामोस टोलीमा हुनेछैनन् । गोलरक्षकमा जियानलुइजी डोन्नररुम्मा पनि रहेका छन् । यि दुई टोलीबीचको पछिल्लो १० खेलमा रियलले ५ खेलमा विजयी भएका छन् । पिएसजीले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ ।

बुधबार राति १ः४५ बजे नै अर्काे प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लेगमा सिटीले ५–० को फराकिलो जित निकालेको छ ।

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.