3 years ago
March 9, 2022
एजेन्सी– रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच बुधबार राती च्याम्पियन्स लिग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ । घरेलु मैदानमा पिएसजीको सामना गर्दा रियलसँग पहिलो लेगको नतिजा उल्टाउनु पर्ने चुनौती हुनेछ ।
अन्तिम १६ को पहिलो लेगमा पिएसजीले रियललाई १–० ले हराएको थियो । युवा स्ट्राइकर केलियन एमबाप्पेले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै पिएसजीलाई महत्वपूर्ण जित दिलाएका थिए । तर, रियलसँग दोस्रो लेगमा नतिजा उल्टाउँदै अन्तिम ८ मा पुग्ने सम्भावना भने रहनेछ । रियल घरेलु मैदानमा कसरी प्रस्तुत हुन्छ त्यो भने धेरैका लागि कौतुहलताको विषय हुनेछ ।
क्रुस खेल्नेमा शंका
टोली क्रुसले सोमबार बलसहित अभ्यास गरेका छन् । तर पनि उनी खेल्ने नखेल्ने अझै तय भइसकेको छैन । सम्भवत उनले खेल गुमाउने छन् । उनी नखेल्नुको अर्थ रियलको मिडफिल्डमा केहि असर भने पक्कै पर्नेछ । प्रतिबन्धका कारण कासिमेरो पनि दोस्रो लेगमा हुने छैनन् । त्यसअर्थ इडवार्डो कामाभिङा र फेडे भाल्भेर्डेले लुका मोड्रिचका साथ सुरुवात गर्ने सम्भावना छ । क्रुसको नखेलेको अवस्थामा मिडफिल्डको मुख्य जिम्मेवारी भने मोड्रिचको काँधमा हुनेछ ।
नाचो वा मार्सेलो
प्रतिबन्धका कारण फेर्लान्ड मेन्डीले पनि पिएसजीविरुद्धको खेल गुमाउने छन् । उनी नहुँदा इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले डेभिड अल्बालाई लेफ्ट ब्याकमा खेलाउने पक्षमा छैनन् । त्यसको अर्थ उनले नाचो फर्नान्डेज वा मार्सेलोलाई फ्रान्सेली डिफेन्डरको ठाँउमा खेलाउन सक्नेछन् । मेन्डीको ठाँउमा रियलकै एकेडेमीको उत्पादन नाचो खेल्ने सम्भावना बढी छ ।
राइट विङ्समा दुई विकल्प
भिनिसियस जुनियर र करिम बेन्जेमासँग आक्रमण साझेदारका रुपमा एन्सेलोटीले राइट विङ्सगमा मार्को एसेन्सियो वा रोड्रिगो गोजमध्ये एकलाई खेल्नउन सक्नेछन् । जारी सजनमा रोड्रिगो भन्दा गोलका लागि एसेन्सियो बढी प्रभावकारी देखिएका छन् । यद्दपी रोड्रिगोको सम्भावनालाई पनि पूर्ण रुपमा अस्विकार गर्न भने सकिन्न ।
दबाब बढाउने कोशिस
रियलले घरेलु मैदानमा पिएसजीमाथि दबाब बढाउन हससम्भव प्रयास पक्कै गर्नेछ । त्यसको अभ्यासका रुपमा रियलले रियल सोसिडाडविरुद्धको खेलको पहिलो हाफमा गरेको थियो । जसका कारण विपक्षी टोली रक्षात्मक खेल्न बाध्य भएको थियो । यद्दपी पिएसजीलाई सहज लिन पक्कै सकिन्न । पिएसजीसँग एमबाप्पे, लियोनल मेस्सी, नेयमार जस्ता सुपर स्टार खेलाडी छन् । जसले कुनै पनि बेला खेलको नतिजा आफ्नो पक्षमा पार्न भूमिका खेल्न सक्नेछन् ।
बेर्नाबेउको वातावरण
पिएसजीले पहिलो लेग घरेलु मैदानमा खेलेको थियो । फुटबलमा घरेलु मैदानका अर्थ रहने गर्छ । रियल समर्थकले घरेलु मैदानमा टोलीको प्रदर्शन शसक्त हुने अपेक्षा पक्कै राख्नेछन् । धेरैले पिएसजी र रियलबीचको प्रतिस्पर्धालाई फाइनल अघिको फाइनलका रुपमा पनि हेरेका छन् । यस्तोमा पिएसजी र रियलमध्ये जसले क्वार्टरफाइनलमा स्थान बनाएपनि दोस्रो लेगमा दुवै टोलीले सनसनीपूर्ण प्रदर्शन गर्ने अपेक्षा हुनेछ ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]