3 years ago
March 9, 2022
एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा छिटो ह्याट्रिक पुरा गर्ने कीर्तिमान बनाएका छन् ।
लेवान्डोस्कीले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा अष्ट्रियन क्लब आरबी साल्जवर्गमाथि ७–१ को फराकिलो जित निकालेको खेलमा लेवान्डोस्कीले २३ मिनेटभित्र नै ह्याट्रिक पुरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । उनले इटालियन क्लब एसी मिलानका मार्काे सिमिओनले सन् १९९६ मा २४ मिनेटमा राखेको ह्याट्रिकको कीर्तिमानलाई भंग गरेका हुन् ।
मार्काे सिमिओनले यसअघि इटालियन क्लब एसी मिलानका मार्काे सिमिओनले सन् १९९६ मा रोसेनवर्गविरुद्ध २४ मिनेटभित्र ह्याट्रिक पुरा गर्दै कीर्तिमान राखेका थिए । २३ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका लेवान्डोस्कीले लगातार छैटौं सिजन ४० गोल पूरा गर्ने कीर्तिमानसमेत बनाएका छन् । उनले यो सिजन ४२ गोल गरिसकेका छन् ।
एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बायर्नले गोलको खाता खोलेको थियो । म्याक्सिमिलियन ओवरले लेवान्डोस्कीमाथि फउल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गर्दा उनी चुकेनन् । बायर्नको दोस्रो गोल पनि उस्तै रह्यो । वोबरले नै लेवान्डोस्कीमाथि फउल गरेपछि बायर्नले पेनाल्टीमा गोल गर्न सफल भएका थिए ।
२३औं मिनेटमा साल्जवर्गका गोलरक्षक फिपिप कोहन अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ३१औं मिनेटमा सर्ज जिनब्रीले गोल गरे । त्यसपछि थोमस मुलरले ५४औं मिनेटमा गोल गरे । ७०औं मिनेटमा माउरिट्स केएरगार्डले गोल फर्काए । ८३औं मिनेटमा मुलरले तथा ८६औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए ।
अष्ट्रियामा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । चुकवुबुइकी एडामुले गोल गर्दा बायर्नका किङ्सले कोमानले बराबरी गोल फर्काएका थिए ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]