default_image

3 years ago

March 9, 2022

इन्टरलाई पछि पार्दै लिभरपुल क्वाटरफाइनलमा

108 views

0 Bookmark

एजेन्सी – दोस्रो लेगमा हारको बावजुत इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

घरेलु मैदानमा इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित भएपनि समग्रमा २–१ को जित निकाल्दै लिभरपुल अन्तिम आठमा पुग्न सफल भएको हो । पहिलो लेगमा लिभरपुलले २–० को अवे जित निकालेको थियो । मंगलबार राति एनफिल्डमा पाहुना टोली इन्टर मिलान १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा उठाउन सकेन ।

प्रतिस्पर्धात्मक बनेको खेलमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई जित दिलाएपनि पहिलो लेगमा हार भोगेका कारण त्यो जित अघिल्लो चरण प्रवेश गर्न पर्याप्त बनेन ।

मार्टिनेजले ६२औं मिनेटमा एलेक्सिस साञ्चेजको पासमा गोल गर्न सफल भएका थिए । तर, साञ्चेज ६३औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेको थियो । यसको फाइदा लिभरपुलले उठाउन सकेन ।

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.