3 years ago
March 8, 2022
झापा (हाम्रो खेलकुद) – झापा गोल्ड कपले ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष बिन्द्रा देवानलाई सम्मान गरेको छ ।
मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष देवानलाई ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । लामो समयदेखि महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै झापा गोल्ड कपले झापा दमक निवासी देवानलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
देवानलाई कार्यक्रमकी प्रमुख अतिथि कांग्रेस नेतृ डा. डिला संग्रौला, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र कार्यक्रम संयोजक तिलोत्तमा खत्रीले सम्मानपत्र प्रदान गरेका थिए । आयोजकले आज मंगलबार महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरु महिलाहरु मात्र थिए ।
February 11, 2025
एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]
February 11, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा!रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी टोली भिड्दैछन्। पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुने खेलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच प्रतिस्पर्धा हुनेछ। दुवै टोली पहिलो पटक आहा गोल्डकपमा सहभागी भएका हुन्। ब्ल्याक बुल्सले सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। थन्डरबोल्टले भने दुई […]
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]