3 years ago
March 8, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली तथा मछिन्द्र फुटबल क्लबका फरवार्ड मनीष डाँगी २३ दिनपछि मैदान फर्केका छन् । सहिद स्मारक ए डिभिजन लिगका दौरान माघ २९ गते गम्भिर घाइते भएका मनीष तीन सातापछि खेलमा उत्रेका हुन् ।
धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लब विरुद्ध मंगलबारको क्वार्टरफाइनलमा मनीष पहिलो रोजाईमा खेलिरहेका छन् । ए डिभिजन लिग अन्तर्गत च्यासल युथ क्लबविरुद्धको खेलमा ६६ औं मिनेटमा बल नियन्त्रणका लागि जम्प गर्दा विपक्षी खेलाडीसँग ठोक्किएर मनीष मैदानमा ढलेका थिए ।
उक्त खेलमा ६१ औं मिनेटमा सुनिल बलको ठाँउमा मैदान प्रवेश गरेको ५ मिनेट पछि नै मनिष घाइते भएका थिए । बल नियन्त्रणमा लिने प्रयासमा विपक्षी खेलाडी यान्निक केट्चासँग ठोक्किदा मनीष टाउकोमा चोट लागेर मैदानमा ढलेका थिए । उनी झण्डै ६ मिनेट अचेत भएका थिए । च्यासलका खेलाडी, फिजियो सुरज भुसाल, एन्फाकी फिजियो नविना श्रेष्ठलगायतको प्रयासपछि उनको होस खुलेको थियो ।
त्यसपछि उनलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको थियो । उनले ४ दिन अस्पतालमा बिताएका थिए । फागुन १४ गते लिगको समापनमा मछिन्द्रले उपाधि जित्दा मनिष दर्शकदीर्घामा रहेका थिए । उनी समापन समरोह तथा टोलीको उपाधि र्यालीमा भने सहभागी भएका थिए । टोलीले लिग सफलता उनैलाई समपर्ण गरेको थियो ।
मनीषको टाउकोमा गम्भीर कुनै चोट नदेखिएको र स्वास्थ्यकर्मीको सल्लाह अनुसार नै उनी मैदान फर्केका हुन् । उनी नेपाल सुपर लिग (एनएसएल) अक्सनमा पनि विराटनगर सिटी फुटबल क्लबमा पुगेका छन् । गत सिजन ट्यालेन्ट हन्टबाट टोलीमा रहेका उनलाई यसपटक अक्सनमा १ लाख ५० हजार खर्चेर विराटनगरले अनुबन्ध गरेको हो ।
१० टोलीको सहभागिता रहने एनएसएलको दोस्रो संस्करण चैत २६ गते देखि सुरु हुँदैछ । पहिलो संस्करणमा ७ टोलीको सहभागिता रहेको एनएसएलको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]