3 years ago
March 7, 2022
धनगढी (हाम्रो खेलकुद)-सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पा सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
धनगढी रंगशालामा सोमबार भएको खेलमा आयोजक तथा साविक विजेता सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे । यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे । खेलको ३४ औं मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए । ५५ औं मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन २–० ले अघि रह्यो ।
त्यसपछि खेलको ६७ औं मिनेटमा विवेकले आत्मघाती गोल गरेपनि हिमालयन २–१ ले विजयी भयो । अब हिमालयन शेर्पाले सेमिफाईनलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा लिग विजेता मछिन्द्र क्लब र वागमति युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगलकिशोर राईले सुदुरपश्चिम ११ ले सोचेभन्दा निकै अब्बलको प्रदर्शन गरे पनि स्कोर गर्न सकेका कारण खेल जितेको बताए । ‘लोकल, जुनियर प्लेयरहरु भाईहरुले जुन तरिकाले खेले त्यो अब्बलको प्रदर्शन रह्यो । हामीलाई मास अट्याक गरे । टोटल फुटबल देख्न पाईयो । हामीले पनि स्कोर क्वालिटी देखायौ । गोल गरेर खेल जितेपनि यो जित सुप ११ लाई समर्पित गर्न चाहन्छु ।’
प्रशिक्षक राईले भने–‘पहिलो हाफमा उनीहरुले निकै समस्यामा पारे । क्वीक अट्याकले हामी डोमिनेट भयौ । दोस्रो हाफमा हामीले क्रियटिभ भएर खेल जिते । केही खेलाडीले खेल्न नपाउँदा पनि केही समस्या त भयो । अब सेमिफाईनलमा टीम अझ बलियो हुन्छ । जित्ने गरी खेल्छौ ।’
सुदूरपश्चिम–११ स्पोर्टस क्लबका प्रशिक्षक गजेन्द्र शाहीले अधिकांश समय बल आफ्नो कब्जामा राख्दा राख्दै पनि गोल गर्न नसक्दा खेल गुमाएको बताए । ‘खेल एकदम कम्पिटिसन भयो । बल पोजिसन धेरै राख्दा राख्दै पनि केही कुराका कारण हार्न पुग्यौ । फिनिसिंगमा तालमेल नमिल्दा गोल हुन सकेन । हामीले ईजी खेलेर उनीहरुको रणनिति ब्रेक गर्न खोज्यौं । अट्याकिंग खेल्दा पनि दुई तीन स्कोर हुन सकेन ,’ प्रशिक्षक शाहीले भने–‘घरेलु दर्शकको पनि राम्रो साथ थियो । तर उहाँहरुलाई खुशी बनाउन सकेनौं । हामी फेरि पनि घरेलु दर्शकहरुलाई खुशी बनाउने प्रयास गर्नेछौ ।’
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]