3 years ago
March 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठलाई पुत्रीलाभ भएको छ । मछिन्द्र फुटबल क्लबका कप्तान समेत रहेका सुजलकी श्रीमती सलिका चन्दले मेडिसिटी अस्पतालमा दिउँसो २ः४६ बजे छोरीलाई जन्म दिएको सुजलले जानकारी दिए ।
आमा र छोरीको स्वास्थ्य समान्य रहेको बताइएको छ । धनकुटाका सुजल र सुर्खेतकी सलिकाको ७ वर्षअघि विवाह भएको थियो । उनीहरुको यो पहिलो सन्तान हो । यसै वर्ष राष्ट्रिय टोलीका पूनरागमन गरेका सुजलको कप्तानीमा मछिन्द्रले सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गरेको थियो ।
उनीले मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्रमा गरि लगातार चौथो पटक लिगको उपाधि जितेका थिए । सुजल नेपाल सुपर लिग (एनएनएस) को पोखरा थन्डर्सका मार्की खेलाडी पनि हुन् । दुई वर्षअघि सुजलकै कप्तानीमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलको स्वर्ण पदक जितेको थियो ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]