3 years ago
March 7, 2022
एजेन्सी – शीर्ष दौडमा रहेको नेपोलीलाई हराउँदै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । मिलानले नेपोलीलाई उसकै मैदानमा १–० ले हराएको हो ।
डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा आइतबार राति भएको खेलमा मिलानको जितमा दोस्रो हाफमा फ्रान्सेली फरवार्ड ओलिभर जिरुउडले गरेको गोल नै निर्णायक बन्यो । उनले ४९औं मिनेटमा डोभिड कालाव्रियाको पासमा गोल गर्न सफल भएका थिए ।
एक गोलले पछि परेको नेपोलीले मिलानलाई दवावमा राखेपनि गोल गर्न नसक्दा हार बेहोर्न पुग्यो । मिलानले भने अग्रता जोगाउँदै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।
यो जितसँगै शीर्षस्थानमा उक्लिएको मिलानको २८ खेलबाट ६० अंक पुगेको छ । पराजित नेपोली ५७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको इन्टर मिलान ५८ अंक जोडेर दोस्रो स्थानमा छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा युभेन्ट्सले स्पेजियामाथि १–० को झिनो जित निकालेको छ । युभेन्ट्सको जितमा अल्भारो मोराटाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
यो जितसँगै युभेन्ट्स २८ खेलबाट ५३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । युभेन्ट्स तेस्रो स्थानको नेपोलीसँग ४ अंकले पछि तथा पाँचौ स्थानको एटलान्टाभन्दा ६ अंकले अघि छ । पराजित स्पेजिया २६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।
November 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]