default_image

3 years ago

March 6, 2022

वाट्फोर्डको मैदानमा आर्सनलको जित

112 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । आर्सनलले घरेलु टोली वाट्फोर्डलाई ३–२ ले पराजित गरेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड, बुकायो साका र गाब्रियल मार्टिनेलीले गोल गरे । घरेलु टोलीका जुआन हर्नान्डेज र मोउसा सिसाकोले गोल फर्काए । भिकारेज रोड वाट्फोर्डमा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डको गोलबाट आर्सनले सुरुवाती अग्रता लिएको थियो । उनले बुकायो साकाको पासमा गोल गर्न सफल भएका थिए ।

११औं मिनेटमा किकोको पासमा जुआन हर्नान्डेजले ओभर हेड किकमा सुन्दर गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३०औं मिनेटमा बुकायो साकाले एलेसान्द्रे लाकाजेटको पासमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

५२औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गरेपछि आर्सनल खेलमा ३–१ ले अघि बढ्यो । उनले लाकाजेटकै पासमा गोल गर्न सफल भएका थिए । ८७औं मिनेटमा मौउसा सिसाकोले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । सिसाकोले जुआन हर्नान्डेजको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै आर्सनलको २५ खेलबाट ४८ अंक पुगेको छ । अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले अंक गुमाएको अवस्थामा आर्सनल चौथो स्थानमा उक्लनेछ । पराजित वाट्फोर्ड २७ खेलबाट १९ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

November 1, 2024

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

Success

Thank you for your time.