3 years ago
March 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लब र अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघले आइतबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमै एपिएफ र आर्मी भिड्ने तय भएको हो । राष्ट्रिय महिला लिग १० चैतबाट सुरु हुँदैछ । यसपटक लिग मोफसल भरतपुर चितवन र मोरङको विराटनगरमा हुनेछ ।
लिगमा तीन विभागसँगै चन्द्रपुर नगरपालिका, विराटनरगर महानगरपालिका, वालिङ नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ । पहिलो चरण भरतपुरमा र दोस्रो चरण विराटनगरमा हुने यसअघि नै एन्फाले जनाएको छ । यसका लागि एन्फाले भरतपुर महानगरपालिका र विराटनगर महानगरपालिकासँग सम्झौता गरिसकेको छ ।
लिग १० चैतबाट सुरु भएर ३० चैतमा सकिनेछ । हाललाई एन्फाले पहिलो चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]