3 years ago
March 5, 2022
एजेन्सी – जर्मन विंगर फरवार्ड काई हाभर्टज चम्कदा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । चेल्सीले बर्नलेलाई उसकै मैदानमा ४–० ले पराजित गरेको हो ।
चेल्सीको जितमा काई हाभर्टजले दुई गोल गर्दा रिस जेम्स र क्रिस्टियन पुलिसिसले समान एक गोल गरे । सबै चार गोल दोस्रो हाफमा भएको थियो । टर्फ मुरमा शनिबार राति भएको खेलमा चेल्सीले घरेलु टोली बर्नलेलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
४७औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीको गोलको खाता खोले । उनले ट्रिभो चलोवाहको पासमा गोल गर्न सफल भएका थिए । ५२औं मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीको अग्रताद दोब्बर पारे । उनले क्रिस्टियन पुलिसिसको पासलाई सदुपयोग गरेका थिए ।
त्यसको तीन मिनेटपछि ५५औं मिनेटमा काईले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अघि बढाए । उनले यसपटक रिस जेम्सको पासलाई सदुपयोग गरेका थिए । ६९औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए । जर्गिन्होको प्रयास ब्लक हुदा पुलिसिसले क्लोज रेन्जबाट सहजै फिनिस गरेका थिए ।
यो जितसँगै चेल्सीले शीर्ष तीनमा बलियो पकड बनाएको छ । तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलबाट ५३ अंक रहेको छ । एक खेल बढी खेलेको म्यानचेस्टर युनाइटेडको ४७ अंक छ । पराजित बर्नले २६ खेलबाट २१ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।
अन्य नतिजा
लेस्टरविरुद्ध लिड्स (१–०), एस्टन भिल्लाविरुद्ध साउथह्याम्टन (४–०), न्यूक्यासलविरुद्ध ब्राइटन (२–१), नर्विचविरुद्ध ब्रेन्टफर्ड (१–३) र वल्भ्सविरुद्ध क्रिस्टल प्यालेस (०–२)
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]