3 years ago
March 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सेन्टर ब्याक अनन्त तामाङले शनिबार इन्डियन सुपर लिग (आइएसएल) मा डेब्यु गर्दैछन् । खेल स्टार स्पोर्ट्स २ मा नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुँदैछ ।
यसै महिना आइएसएल क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित अनन्तले बेंगलुरुविरुद्ध खेलमा पहिलो रोजाइमा रहँदै डेब्यु गर्न लागेका हुन् । लिगको अन्तिम दुई खेल बाँकी रहँदा अनुबन्धित उनले पछिल्लो खेल क्वारेन्टाइन पूरा नगरेका कारण भ्याएका थिएनन् ।
प्रशिक्षक मारियो रिभेराले अनन्तलाई अनुबन्ध गरेपछि टोलीको रक्षापंक्ति बलियो पार्न सम्झौता गरेको बताएका थिए । नियमित रहेका डिफेन्डर अष्ट्रेलिया प्रस्थान गरेपछि क्लबले अनन्तलाई छोटो अवधिका लागि भित्र्याएको थियो । अनन्त थ्री स्टार क्लबबाट फुकुवा भएर इस्ट बंगाल पुगेका हुन् ।
इस्ट बंगाल आइएसएलको अंक तालिकामा पुछारमा रहेको छ । टोलीले १९ खेलमा ११ अंक जोडेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको जमशेदपुरले १९ खेलमा ४० अंक जोडेको छ । बेंगलुरु १९ खेलमा २६ अंकसहित छैंटौ स्थानमा छ ।
अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । यसअघि अनिल गुरुङ, रोहित चन्द र किरण चेम्जोङले भारतको आइ लिग भने खेलिसकेका छन् । गत वर्ष प्रकाश बुढाथोकी र अभिषेक रिजालले पनि आइ लिग खेलेका थिए ।
अनन्तले यसअघि स्पेनको मार्बेला युनाइटेडमा प्रशिक्षण गरेका थिए । सुदूरपश्चिम फुटबल क्लबबाट राष्ट्रिय लिग खेल्दै घरेलु फुटबलमा प्रवेश गरेका उनको सन् २०१५ मा साफ यू–१९ च्याम्पियनसिप जित्दा चर्चा सुरु भएको थियो । नेपालले उपाधि जित्दा कार्यवाहक कप्तानका रुपमा विजयी पेनाल्टी प्रहार गरेका उनी त्यसयता नेपालको हरेक सफलतामा साथ रहँदै आएका छन् ।
सन् २०१६ को बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद र सोलिडारिटी कपमा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण जित्दा अनन्तले सानदार प्रदर्शन गरेका थिए । असोजमा साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा पनि उनले सबै खेलमा सुरुवात गरेका थिए ।
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]