default_image

3 years ago

March 4, 2022

एनएसएलमा भरत अनसोल्ड

365 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान तथा फरवार्ड भरत खवास नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अनसोल्ड भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा सहभागी १० टोलीले नै उनीलाई खरिद गर्ने चासो देखाएनन् ।

ए क्याटागोरीमा रहेका भरतको न्युनत्तम मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ । गत सिजन भरत एफसी चितवनको मार्की खेलाडी थिए । राष्ट्रिय टोलीको कप्तानी समेत गरिसकेका भरतको कप्तानीमा आर्मीले यसपटक सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो स्थान प्राप्त गरेको थियो । आर्मीकै नवयुग श्रेष्ठ र थ्री स्टार क्लबका कप्तान विक्रम लामा पनि अनसोल्ड भएका छन् ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणमा ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडी समावेश छन् ।

एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।

December 25, 2024

ललितपुर मेयर कप भेट्रान फुटबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)- श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । जावलाखेलको फुटबल मैदानमा पुस २२ गते सुरु हुने प्रतियोगितामा २२ टोलीको सहभागिता निश्चित गरिसकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए । ३२ टोली सहभागी […]

December 25, 2024

चर्च ब्वाइज फाल्गुनन्द गोल्डकप सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर झापा कप जितेको दोस्रो दिन बुधवार चर्च ब्वाइज युनाइटेड क्लब ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनल खेलमा खेलमा विराटनगर सिटी एफसीलाई ७-१ ले हराउँदै चर्च ब्वाइज अन्तिम ४ मा पुगेको हो। चर्च ब्वाइजको जितमा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरे । अर्को गोल विदेशी खेलाडी  फोफनाको […]

December 24, 2024

फाल्गुनन्द गोल्डकपमा मच्छिन्द्रको जित

दिपक बोहोरा,पाँचथर ए डिभिजनको क्लब मच्छिन्द्र क्लबले न्यु स्टार क्लब सुनसरीलाई ६-२ ले हराउँदै ११ औं  फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु स्टार पहिलो खेलबाट घर फर्किएको छ । फिदिम माविको मैदानमा मंगलवार भएको खेलमा मच्छिन्द्र हाबी रह्यो । मच्छिन्द्रको जितमा  विजु भुजेलले २ गोल,आदित्य शाक्य, मनिष डागी र सौरभ […]

Success

Thank you for your time.