3 years ago
March 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ एनएसएलमा अनसोल्ड भएका छन् । गत सिजन पोखरा थन्डर्सबाट एनएसएल खेलेका नवयुथलाई एउटा कुनै पनि टोलीले खरिदका लागि इच्छा देखाएनन् । नवयुग चोटमुक्त भइसकेका छैनन् । चोटका कारण उनले यसपटकको सहिद स्मारक ए डिभिजन लिग गुमाएका थिए ।
थ्री स्टार क्लबका कप्तान विक्रम लामा एनएसएलमा अनसोल्ड भएका छन् । नवयुग र विक्रम दुवै ए क्याटागोरीका खेलाडी हुन् । एनएएसलमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । ए क्याटागोरीका खेलाडीको न्युनत्तम मुल्य १ लाख ५० हजार रुपैयाँ हेको छ । चोटका कारण विक्रमले थ्री स्टारका पछिल्ला खेलहरु गुमाएका थिए ।
राष्ट्रिय टोली तथा हिमालयन शेर्पा क्लबका गोलकिपर एनएसएलको दोस्रो संस्करणका लागि विराटनगर सिटी एफसी गोल्डेन बजरमा प्राप्त गरेको छ । गोल्डेन बजरबाट प्राप्त गर्ने खेलाडीलाई अधिकत्म मुल्य तिनुपर्ने हुन्छ । ए क्याटागोरीका खेलाडीका अधिकत्म मुख्लय ३ लाख ५० हजार रुपैयाँ रहेको छ । अक्सनमा रहेका १० टोलीले गोल्डेन बजरमार्फत एउटा टोलीले एक जना खेलाडी किन्न पाउने प्रावधान छ ।
त्रिभुवन आर्मी क्बलका डिफेन्डर सुमन अर्याललाई बुटवल लुम्बिनी एफसीले गोल्डेन बजरमा किनेको छ ।
अर्को डिफेन्डर आशिष गुरुङ ३ लाख ५० हजारमा विक्री भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा गोलाप्रथामा आशिष साविक विजेता काठमाडौं रेजर्समा परेका थिए । ए क्याटागोरीका उनलाई ४ टोलीले किन्न चाहेका थिए । हिमालयन शेर्पा क्लबका उनले गत वर्षपनि काठमाडौं रेजर्सबाटै खेलेका थिए ।
गत सिजन काठमाडौंबाट खेल विश्वास श्रेष्ठ विरगन्ज युनाइटेडमा पुगेका छन् । ७ क्लबले उनलाई किन्न इच्छा देखाएपनि गोलापर्थामा उनी विरगन्ज पुगेका हुन् । बी क्याटागोरीका उनी १ लाख ५० हजार रुपैयाँमा विक्री भएका हुन् ।
राष्ट्रिय टोली मनीष डाँगीलाई एनएसएल टोली विराटनगर सिटी एफसीले किनेको छ । विराटनगरले उनलाई १ लाख ५० हजारमा किनेको हो । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग जित्दा टोलीका सदस्य रहेका मनीषले एनएसएलको पहिलो संस्करणमा पनि विराटनगरबाटै खेलेका थिए ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणमा ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडी समावेश छन् ।
एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]