default_image

3 years ago

March 4, 2022

सहज जित निकाल्दै एभर्टन क्वाटरफाइनलमा

109 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डको पाँचौ श्रेणी (नेसनल लिग क्लब) बोरहम वुडमाथि सहज जित निकाल्दै इंग्लिस प्रिमियर लिग क्लब एर्भटन एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा एभर्टनले बोरहम वुडमाथि २–० को सहज जित निकालेको हो । एभर्टनको जितमा दुवै गोल जोस सलोमोन रोन्डनले गरे । उनले दुवै गोल गोल दोस्रो हाफमा गरेका थिए ।

५७औं मिनेटमा जोस सलोमोन रोन्डनले गोल गर्दै घरेलु टोली एभर्टनलाई सुरुवाती अग्रता दिलाए । उनले जोनजोई केन्नीको पासमा गोल गर्न सफल भएका थिए । ८४औं मिनेटमा रोन्डनले गोल गर्दै एभर्टनको जित पक्का गरे । उनले एन्डरोस टाउनसेन्डको पासमा गोल गर्न सफल भएका थिए ।

यसअघि प्रिमिर लिग क्लब म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी, साउथह्याम्टन, क्रिस्टल प्यालेससँगै मिडल्सव्रगले क्वाटरफाइनलमा पक्का गरिसकेको छ । अब नथिङघम फरेस्ट र हडर्सफिल्ड टाउनमध्ये एक टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.